Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग बिहे गर्छु : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2021/12/28
rekha thapa
 
निर्माता छविराज ओझासँग सम्बन्ध विक्षेद भएपछि विगत एक दशकदेखि एकल जीवन विताउँदै आएकी ‘लेडी सुपरस्टार’ रेखा थापालाई केही वर्षयता विवाहको प्रश्नले लखेटिरहेको छ । आफन्तसँग भेट हुँँदा होस् वा मिडियामा अन्तर्वार्ता दिँदा नै किन नहोस्, उनलाई विवाहको प्रश्न अनिवार्य आउँछ । अचेल भने उनले चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएका छन् । 
 
हालै पत्रकार राज श्रेष्ठसँग टेलिभिजन अन्तर्वार्तामा रेखाले २०७९ सालभित्र आफू बैबाहिक जीवनमा बाँधिन सक्ने बताएकी छन् । अहिले आफू केटाको खोजीमा रहेको उनको भनाई छ । इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेकी उनी आफ्नो लभ र एरेन्ज दुवै हुन सक्ने बताउँछिन् । आफ्नो हुनेवाला श्रीमान् आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने उनको इच्छा छ । 
 
रेखाले अन्य नायिकाको जसरी आफूले तामझामसँग बिहे नगर्ने पनि जानकारी दिएकी छन् । उनी भन्छिन्, ‘म यो देशको साधारण मानिस हुँ । मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै बिहे गर्दिनु पर्छ भनेर दुःख नदिउन् । तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ, मेरो त्यस्तो हुँदैन । मैले ‘अँ बिहे गरेँ’ भनेर जानकारी गराउन सक्छु ।’ 
 
नेपालमा कुनै क्षेत्रमा कुनै व्यक्तिले आजसम्म महान कार्य नगरेको र नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिने ट्याग नसुहाउने पनि उनको तर्क छ । यस्ता ट्याग लिने र दिने दुवैलाई लाज हुनुपर्ने उनी बताउँछिन् । ‘फिल्म बनाएर मैले केही परिवर्तन गर्ने कोशिश गरेँ भन्दैमा मलाई महान नबनाइदिनुस् । म महान होइन । मेरो महानता देखाउने अझै धेरै सिरिजहरु बाँकी छन्,’ उनले भनिन् ।
Most Visited News (monthly)