Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाललाई लिएर बलिउड फिल्म बनाउने तयारी !

फिल्मीखबर, काठमाडौं, 2021/12/29
rajesh hamal
 
निर्माता राजेश चौधरी र सुपरस्टार राजेश हमाल
 
नेपाली फिल्मका लोकप्रिय नायक राजेश हमाललाई लिएर बलिउड फिल्म बनाउने तयारी गरिएको छ । भारतीय निर्माता राजेश चौधरीले उनलाई लिएर बलिउड फिल्म बनाउने योजना बनाएका हुन् । फिल्मभन्दा अगाडि हमालसँग उनको एउटा हिन्दी गीतमा सहकार्य हुनेछ । निर्माता चौधरीले निर्माण गरेको हिन्दी गीतको भिडियो सार्वजनिक गर्न यतिबेला नायक हमाल मुम्बईमा छन् । 
 
भारतीय मिडियासँग कुराकानी गर्दै निर्माता चौधरीले भनेका छन्, ‘राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनुहुनेछ । बलिउड फिल्मको पनि तयारी भइरहेको छ । उहाँसँग सहकार्य गर्नका लागि उत्साहित छु ।’ उनी निर्मित गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक गरिएको थियो । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय रहेको छ । 
 
‘चेहेरा’ बोलको हिन्दी गीतको भिडियो म्यूजिक रिलिज कार्यक्रममा सहभागी हुन नीतिको साथमा सोमवार मुम्बई पुगेका राजेश हमालले भारतीय मिडियासँग कुराकानी गर्दै मुम्बईमा आउँदा आफूलाई बेग्लै उर्जा आउने गरेको बताएका छन् । उनले भनेका छन्, ‘मुम्बईमा म धेरै वर्षपछि आएको हुँ । तर, यसअघि धेरै पटक आइसकेको छु । मुम्बई शहरले मलाई बेग्लै उर्जा दिने गर्छ ।’
 
भारतीय सञ्चारकर्मीले ‘हिन्दी फिल्ममा तपाईं कसको फ्यान हो ?’ भनेर सोधेको प्रश्नमा हमालले भनेका थिए, ‘हिन्दी फिल्ममा म सबै कलाकारको फ्यान हुँ । बलिउडमा धेरै राम्रो कलाकारहरु हुनुहुन्छ । तर, सबैको बाप त अमिताभ बच्चन हुनुहुन्छ । मुम्बई आफैंमा फिल्मको शहर हो । त्यसैले मुम्बई आउँदा मलाई खुसी महशुस हुन्छ ।’ अहिले उनी फिल्म ‘सत्यम्’ को तयारीमा छन् ।
Most Visited News (monthly)