Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थिएटर र फिल्ममा व्यापक भिन्नता छ : विपिन कार्की

फिल्मीखबर, काठमाण्डौ, 2022/01/13
bipin karki
 
‘भर्सटायल’ अभिनेता विपिन कार्कीले फिल्ममा अभिनय गर्न चाहनेले थिएटरको चक्कर नकाट्न सुझाएका छन् । थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा काम गर्न चाहनेले फिल्मकै माध्यम समात्न उनको सुझाव छ । अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीसँग अन्तरक्रिया गर्दै उनले फिल्म ‘छड्के’ मा अभिनय गरेपछि थिएटर र फिल्ममा आफूले व्यापक भिन्नता पाएको बताए ।
 
‘आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ?’ भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आ-आफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु । यसो हुँदा चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’ फिल्ममा करिअर बनाउन जीवन नै यही भनेर लाग्नुपर्ने उनको कथन छ ।
 
सौगात मल्ललाई फिल्ममा रमाएको देखेपछि आफूलाई पनि फिल्ममा अभिनय गर्ने रहर जागेको विपिन सम्झन्छन् । ‘गुरुकुलमा नाटक गर्दै गर्दा सौगात दाईलाई फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो । मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा खुसी थिएँ । मेरो तपाईँहरुलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’ उनी सुनिए ।
 
अस्कर कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई फिल्म उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तरक्रियामा निम्त्याउँदै आएको छ । चार हप्तासम्म चल्ने अन्तरक्रियामा यसअघि नीर शाह, सुरक्षा पन्त, विपिन स्थापित, मुकुन भुसाल, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, निरञ्जनराज भेटवालले विद्यार्थीमाझ अनुभव बाँडिसकेका छन् । 
Most Visited News (monthly)