Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.00/5.00)
Text size:-
+
-

साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलरमा स्वस्तिमाको ठुम्का

एजेन्सी, मुम्बई, 2022/01/13
Swastima Khadka
 
नेपालमा छायांकन भएको साउथ (मलयालम) फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङलाई देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ । फिल्ममा उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको जानकारी प्राप्त छ । 
 
राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ को नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका रमणीय स्थानमा छायांकन भएको थियो । ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त ठाउँ दिइएको छ । कोरोना महामारीको समयमा नेपालमा छायांकन भएको फिल्मको नेपाल निर्माताको रुपमा सरोज न्यौपाने छन् । फिल्मले भारतबाट नेपाल घुम्न आएको तीन जना साथीको कथा भन्नेछ ।
 
Maotse Gurung
 
हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनका साथै नेपाली कलाकार उमेश तामाङको पनि अभिनय छ । फिल्मलाई फजल अलीले खिचेका हुन् । एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।  

Most Visited News (monthly)