Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाल सिंह चढ्ढा’ र ‘केजिएफ २’ सँग भिड्ने भयो ‘ए मेरो हजुर ४’, आयो टिजर

फिल्मीखबर, काठमाडौं, 2022/01/14
anmol kc and suhana thapa
 
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ । अघिल्लो हप्ता नै सार्वजनिक गर्ने तयारी गरिएको टिजर विभिन्न कारणले रोकिएको थियो । ज्योतिषको सल्लाह अनुसार, निर्माण टिमले शुक्रवार बिहान १०ः३५ बजे टिजर सार्वजनिक गरेको हो । टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । 
 
फिल्मले यसअघि चैत २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । तर, यसको एक हप्तामा भारतका दुई फिल्म ‘लाल सिंह चढ्ढा’ र ‘केजिएफ २’ आउने भएपछि ‘ए मेरो हजुर ४’ को रिलिज बैशाख दोस्रो साता पुग्ने धेरैको प्रक्षेपण थियो । तर, अब यो फिल्म भारतका दुई ठूला फिल्मसँगै जुध्ने भएको छ । ‘ए मेरो हजुर ४’ ले चैत २५ को डेट छाड्दै बैशाख १ गतेलाई रिलिज तोकेको छ ।
 
भारतीय फिल्मसँग एकसाथ प्रदर्शनमा उत्रन नेपाली फिल्मले आँटै गर्दैनन् । हल र दर्शकको साथ नपाउने भयले विदेशी फिल्मको छायाँ देख्दा पनि नेपाली फिल्महरु भागाभाग हुने अवस्था छ । तर, ‘ए मेरो हजुर ४’ ले एक हप्ता हलमा एकलौटी प्रभुत्व जमाउने अवस्था रहँदा रहँदै पनि भारतका दुई ठूला फिल्मलाई चुनौती दिन बैशाख १ (अप्रिल १४) मा आउने हिम्मत गर्नु प्रशंसा योग्य छ ।
 
सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको यस फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा झरना स्वयंको कथा रहेको छ भने पटकथा र संवादमा उनलाई स्वं. छेतन  गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सञ्जय लामाले खिचेको फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । 
 

Most Visited News (monthly)