Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्स ९’ का लागि पुष्पले बढाए ८ केजी तौल

फिल्मीखबर, काठमाडौं, 2022/01/13
फिल्म ‘मंगलम’ बाट अभिनयमा आफूलाई प्रमाणित गरिसकेका युवा स्टार पुष्प खड्काले यतिबेला एक्सन-थ्रिलर फिल्म ‘एक्स ९’ का लागि मिहेनत गरिरहेका छन् । विगत ३ महिनादेखि उनले जिमसँगै एक्सनको तामिल लिँदै आएका छन् । जिम ट्रेनिङ सुरु गर्नुअघि ७२ केजी रहेका उनी अहिले मोटाएर ८० केजी भएका छन् । ३ महिनामा नै उनले आफ्नो तौल ८ केजी बढाएका हुन् ।
 
मांसाहारी भएकाले पुष्पलाई तौल बढाउन उत्ति गाह्रो नभए पनि अस्तव्यस्त सेड्युलले भने समस्या भएको रहेछ । उनी भन्छन्, ‘समयमा खाने, समयमा सुत्ने, समयमा उठ्ने मान्छेलाई ज्यान बनाउन सजिलो हुन्छ । मेरो चाहिँ अफ सेड्युल हुन्छ । म्यूजिक भिडियोको सुटिङ गर्दा न समयमा डाइट अनुसारको खान पाइन्छ न समयमै सुत्न पाइन्छ । यो हुँदा शरीर डिसब्यालेस हुने रहेछ ।’
 
pushpa khadka
 
जिम गरेको शरीरलाई आराम चाहिने भए पनि आफ्नो अफ सेड्युलले शरीरलाई ब्यालेन्समा राख्न समस्या भएको पुष्प बताउँछन् । अब मोटाएको शरीरलाई कसिलो बनाउन २ महिना समय लाग्ने उनको भनाई छ । उनले अगाडि भने, ‘अहिले शरीरमा फ्याट छ । त्यसलाई घटाएर मसल्स मात्र राख्नु पर्छ । छाती चिरेको र एब्स निकाल्नु पर्छ । शरीर कसिलो बनाउँदा ४/५ केजी घट्न सक्छु ।’ 
 
‘एक्स ९’ को निर्माण टिमले पुष्प खड्कासँगै अनमोल केसी, सौगात मल्ल र राज कटुवालका लागि काठमाडौंको एक जिम ट्रेनिङ सेन्टर दैनिक ३ घन्टासम्म भाडामा लिएको छ । चारै जना कलाकारलाई पर्सनल ट्रेनर उपलब्ध गराइएको छ । जिम र एक्सन तालिमका कारण अफर आएका कयौं म्यूजिक भिडियो छाडेका पुष्पले अहिले भने म्यूजिक भिडियोमा काम गर्दै आएका छन् । 
 
फिल्मलाई ‘लप्पन छप्पन’ निर्देशक मुकुन्द भट्टले निर्देशन गर्नेछन् । अहिले उनी फिल्मका लागि लोकेशन खोज्न दुबईमा छन् । फागुन वा चैतबाट छायांकन सुरु हुने फिल्ममा बलिउड सुपरस्टार सुनिल शेट्टीको पनि अभिनय रहने बताइएको छ । पहिलो पटक सौगात मल्ल, अनमोल केसी र पुष्प खड्का एकसाथ देखिन लागेका कारण ‘एक्स ९’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत छ ।
Most Visited News (monthly)