
डा. भोला रिजालका छोरा तथा निर्माता कपिल रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘ह्यारीकी प्यारी’ को मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको छायांकन सुरु गरेको हो । रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको मुहूर्त सट कलाकार द्वय जितु नेपाल र विजय बरालले दिएका थिए ।

आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आउने गरेकी बलिउडकी हक्की अभिनेत्री कंगना रनावतले साउथ फिल्मको कन्टेन्टलाई लिएर आफ्नो धारणा गरेकी छन् । उनले पछिल्लो समय बलिउडभन्दा साउथ इन्डियन फिल्मले भारतसँगै विश्वभर सफलता हासिल गर्नुको कारण पनि बताएकी छन् । बलिउडले साउथबाट कथावस्तुमा केही कुरा सिक्नु पर्ने उनको भनाई छ ।

कोरोना संक्रमण फेरि फैलिन थालेपछि सरकारले सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेपनि फिल्म छायांकनमा प्रतिबन्ध लगाएको छैन । तर, २५ जनाको उपस्थितिमा मात्र छायांकन गर्नुपर्ने भएकाले निर्माणको तयारीमा रहेका धेरै फिल्म ‘पर्ख र हेर’ को अवस्थामा छन् । लकडाउन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै केही फिल्मको छायांकन समेत स्थगन गरिएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक साउथ (मलयालम) फिल्म ‘थिरिमाली’ मा अभिनय गर्न लागेको खबर सार्वजनिक हुँदा धेरैमा उनको भूमिकालाई लिएर कौतुहलता जागेको थियो । उनले साउथ फिल्ममा नेपाली अभिनेत्रीका लागि बाटो खोल्ने अपेक्षा धेरैको थियो । तर, केही दिनअघि सार्वजनिक भएको टिजरले फिल्ममा उनी आइटम गर्लको रुपमा प्रस्तुत भएको रहस्य खोल्यो ।

इन्टरनेटको युगभन्दा अगाडि सेलिब्रेटीहरुप्रति आम मानिसको धारणा फरक थियो । काँचको पर्दामा देखिने कलाकारहरुलाई विशेष रुपमा हेरिन्थ्यो । उनीहरु वास्तविक जीवनमा कस्ता हुन्छन् ? कस्तो जीवनशैली बाँच्छन् ? भन्ने कुरा कौतुहलताको विषय हुन्थ्यो । यसैले त मेला-महोत्सव, छायांकन स्थल र हलमा उनीहरुको एक झल्को हेर्नका लागि मात्रै पनि मानवसागर ओर्लिन्थ्यो ।

म्यूजिक भिडियोको बाटो हुँदै फिल्म ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी शिल्पा पोखरेलले ‘मंगलम, वीरांगना, हवल्दार सुन्तली, बृन्दावन’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तर, छविराज प्रोडक्सनभन्दा बाहिरी ब्यानरको फिल्म उनका लागि फलिफापसिद्ध भएनन् । तीन वर्षदेखि फिल्मविहीनको अवस्थामा रहेकी उनले म्यूजिक भिडियोमै चित्त बुझाइरहेकी छन् ।

