Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

मलिनालाई फ्यानको प्रश्न- ‘तपाईंको आयस्रोत सुशान्त कि मोडलिङ ?’

फिल्मीखबर, काठमाडौं, 2022/01/20
sushant pradhan and malina joshi
 
सन् २०११ मा मिस नेपालको ताज जितेपछि सन् २०१४ मा फिल्म ‘ऋतु’ बाट अभिनय करिअर सुरु गरेकी मलिना जोशीले ‘झुम्की, द विनर, रानी, संरक्षण, तिमी हुन्छौं जहाँ जहाँ’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनको फिल्मी करिअर सुखद् बन्न सकेको छैन । न त उनले आफूलाई अभिनेत्रीको रुपमा नै स्थापित गर्न सकेकी छन् । केही वर्षयता उनी फिल्मविहीन छिन् । 
 
फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा आउने गरेकी मलिना तीन वर्षदेखि जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छन् । उनी सुशान्तसँग विवाहको तयारीमा रहेको चर्चा छ । प्रेमीसँगका तस्विरहरु बाक्लै रुपमा सामाजिक सञ्जालमा राखिरहने मलिनाले बिहीवार इन्स्टाग्राममा फ्यानहरुले सोधेको प्रश्नको उत्तर दिने शिलशिलामा एउटा नसोचेको प्रश्नको पनि उत्तर दिनु पर्‍यो ।
 
एक फ्यानले उनलाई सोधेका छन्, ‘तपाईंको आयस्रोत सुशान्त (प्रधान) कि मोडलिङ ?’ जवाफमा मलिनाले लेखेकी छन्, ‘तपाईंले के सोच्नुहुन्छ भन्ने कुरालाई मलाई फरक पार्दैन । तर, गएको दश वर्षदेखि मैले मेरो बिल आफैंले तिर्दै आएको छु ।’ अर्का फ्यानले बिहेको बारेमा सोधेको प्रश्नमा उनले तत्काल आफूले बिहेको योजना नबनाएको र सही समय आएपछि विवाह गर्ने बताएकी छन् ।
 
त्यस्तै, एक फ्यानले कमाईको स्रोतबारे सोधेको प्रश्नमा उनले आम्दानीको ७० प्रतिशत आफूले बचाउने गरेको र आफ्नो जीवनशैली महंगो नभएको स्पष्ट पारेकी छन् । उनले जवाफ दिँदै लेखेकी छन्, ‘म मोटो रकम कमाउँदिनँ । म निकै सरल जीवन जिउँछु । म अनावश्यक खर्च गर्दिनँ । त्यस्तो गर्ने समय गइसक्यो मेरो । कुनै महत्वपूर्ण चीज किन्नुभन्दा अगाडि समेत म दुईपटक सोच्ने गर्छु ।’ 
Most Visited News (monthly)