Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

पल शाहसँगको सम्बन्धबारे समीक्षाले यथार्थ खुलाउने

फिल्मीखबर, काठमाडौं, 2022/01/20
samikhya-and-paul
 
केही समय अगाडि अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर मिडियामा विभिन्न खाले समाचारहरु आएका थिए । एक गीतको सुटिङको क्रममा उनीहरु ‘रिल’ बाट ‘रियल’ जोडी बनेको चर्चा चलेको थियो । तर, पछि पल र समीक्षा दुवैले यो कुराको खण्डन गरे । समीक्षाले फेसबुकमा लामो स्टाटस लेख्दै पल शाह आफ्नो अभिभावक रहेको बताएकी थिइन् ।
 
तर, केही दिनयता समीक्षाले फेसबुकमा कसैप्रति लक्षित गरेर स्टाटस लेख्दै आएकी छन् । तीन दिनअघि उनले एक मुकुन्डोको तस्विर पोस्ट गर्दै ‘रियल लाग्ने सबै अनुहार रियल हुँदैनन्’ भन्दै ‘विस्तारै मुकुन्डो खुल्ने’ बताएकी थिइन् । बिहीवार उनले पलसँगको सम्बन्धबारे स्पष्टिकरण दिएको पुरानो स्टाटसको स्क्रिनसट फेसबुकमा राख्दै यथार्थ खुलाउने समय आएको उल्लेख गरेकी छन् ।
 
उनले लेखेकी छन्, ‘म लामो केही लेख्दिनँ । २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ उनले पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने स्पष्ट उल्लेख गर्दै घुमाउरो रुपमा पल शाहकै अनुनयमा पहिलाको स्टाटस लेखेको पनि संकेत गर्न खोजेकी छन् ।
 
समीक्षा, पलको ठूलो फ्यान हुन् । गायन यात्रा सुरु गरेपछि उनले केही अन्तर्वार्तामा पल शाहका लागि गीत गाउन र भेट्ने इच्छा रहेको बताएकी थिइन् । उनको दुवै इच्छा पूरा भयो । केही म्यूजिक भिडियोमा पलसँग रोमान्स गर्ने अवसर पनि समीक्षाले पाइन् । यसैक्रममा उनीहरु एकअर्कासँग नजिक बनेका थिए । एकसाथ काम गर्ने क्रममा पल र समीक्षाबीच प्रेम अंकुराएको बताइन्छ ।
 

Most Visited News (monthly)