Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हामीलाई सरकारले पिँजडाभित्र थुनेर राखेको छ : भुवन केसी

फिल्मीखबर, काठमाडौं, 2022/01/21
अभिनेता भुवन केसीले नेपाली फिल्मकर्मीलाई सरकारले पिँजडाभित्र थुनेर राखेको बताएका छन् । एक टिभी शोमा उनले नेपाली भाषा, संस्कृतिको प्रवर्द्धन गर्न सरकारले कुनै सुविधा नदिएको र राष्ट्रिय चलचित्र नीति लागू नगरेर फिल्मकर्मीलाई पिँजडाभित्र थुनेर राखेको बताएका हुन् । राष्ट्रिय चलचित्र नीति लागू भए निर्माताहरु विदेशी फिल्मसँग भिड्न तयार रहेको पनि उनको भनाई छ । 
 
आजसम्म फिल्मकर्मीहरुले सरकार आफूहरुको साथमा छ भन्ने महशुस गर्न नपाएको गुनासो पोख्दै उनले भनेका छन्, ‘नेपाली फिल्मलाई राज्यले मनोरञ्जनको रुपमा मात्र लिएको छ । फिल्म मनोरञ्जन त हो नै, साथ-साथै भाषा, संस्कृति, पर्यटन लगायतलाई पनि जर्गेणा गरिरहेको छ ।’ उनले नेपालमा विदेशी फिल्मको बढ्दो अतिक्रमणले भयावह रुप लिएको पनि धारणा राखेका छन् । 
 
Bhuwan KC
 
फिल्मकै कारण आज कलिला बाल-बालिकाहरुले हिन्दी भाषा बोल्न थालेको बताउँदै उनले विदेशी फिल्मको अतिक्रमण यथावत रहेको अवस्थामा अबको १० वर्षपछि बच्चा-बच्चीहरुले तमिल भाषा पनि बोल्न थाल्ने बताए । ५ सय करोडमा बनेका विदेशी फिल्मसँग १-२ करोडका नेपाली फिल्म जुधिरहेको अवस्थामा पनि राज्यबाट आफूहरुलाई कुनै साथ नरहेको उनको गुनासो छ ।
 
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालमा बसेर विदेशी फिल्मका कारण राष्ट्रिय भाषाका नेपाली फिल्महरु भुतुभुतु मरेको हेर्न नसक्ने बताउँदै यसका लागि राष्ट्रिय चलचित्र विधयक संसदबाट पास हुनुपर्ने बताए । विधयक पास भए फिल्म क्षेत्रको अधिकांश समस्या समाधान हुने र विधयकमा विदेशी फिल्मको अतिक्रमण रोक्ने विषय पनि समेटिएको उनी बताउँछन् ।
Most Visited News (monthly)