
फिल्म ‘पुष्पा : द राइज’ को सफलतापछि सुपरस्टार अल्लू अर्जुनको करिअर उत्कर्षमा पुगेको छ । अहिले उनलाई आकर्षक पारिश्रमिकसहित ठूला फिल्मबाट अफर आइरहेको छ । उनको लोकप्रियतालाई मध्यनजर गर्दै साउथको ठूलो प्रोडक्सन कम्पनी लायकाले पनि फिल्मको प्रस्ताव गरेको छ । उनलाई सय करोड पारिश्रमिकसहित फिल्म अफर भएको कोइमोइले जनाएको छ ।

फिल्म ‘जात्रै जात्रा’ रिलिजपछि अभिनेत्री वर्षा राउतले नयाँ फिल्म साइन गर्न झन्डै एक वर्ष लगाइन् । विवाह गरेपछि फिल्म पाउन छाडेको चर्चा समेत चल्यो । यसपछि भने उनले २०७६ सालमा ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ फिल्म साइन गरेकी थिइन् । उनले त्यही वर्षको फागुनमा ‘दुई नम्बरी’ को सुटिङ पनि सुरु गरिन् । तर, छायांकनकै क्रममा कोरोनाका कारण देश लकडाउन भयो ।

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौं संस्करण आउँदो चैतमा हुने भएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारासहित चैत १० देखि १४ गतेसम्म काठमाडौंमा महोत्सव हुने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ । निफको चौंथो संस्करण कोरोनाले गर्दा भर्चुअल रुपमा भएको थियो ।

नेपालमा ऐतिहासिक घटनाक्रममाथि फिल्म निर्माण हुने क्रम बढिरहेको समयमा वि.सं १९२४ मा नेपाल र अंग्रेजबीच भएको युद्धमा आधारित भएर फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने भएको छ । मंगलवार चलचित्र विकास बोर्डमा फिल्मकोे नाम दर्ता गरिएको हो । सास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई विश्वमणि घिमिरेले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी स्वयंको हो ।

फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार राव र भूमि पेडनेकर अभिनीत फिल्मको ट्रेलर कमेडीले भरिएको छ । राजकुमार र भूमिबीचको विवाहको सेटिङको वरिपरी ट्रेलर घुमेको छ, जहाँ उनीहरुको कयौं गोप्य राज खुल्छ । रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि उनीहरुको जीवनमा आउने विभिन्न उचार-चढावलाई ट्रेलरमा रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

फिल्म ‘नाइँ नभन्नू ल २’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री वर्षा सिवाकोटीले छोटो समयमै आफूलाई कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भइन् । फिल्म ‘पशुपति प्रसाद’ मा सानो भूमिका भएपनि दर्शकमा आफ्नो राम्रो प्रभाव छाडेकी उनले सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका प्रायः फिल्म भने असफल छन् । तर, यसको असर उनको करिअरले भोग्नु परेको छैन ।

