Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एटलीको फिल्मका लागि अल्लू अर्जुनलाई सय करोड अफर

एजेन्सी, मुम्बई, 2022/01/26
Atlee and allu arjun
 
फिल्म ‘पुष्पा : द राइज’ को सफलतापछि सुपरस्टार अल्लू अर्जुनको करिअर उत्कर्षमा पुगेको छ । अहिले उनलाई आकर्षक पारिश्रमिकसहित ठूला फिल्मबाट अफर आइरहेको छ । उनको लोकप्रियतालाई मध्यनजर गर्दै साउथको ठूलो प्रोडक्सन कम्पनी लायकाले पनि फिल्मको प्रस्ताव गरेको छ । उनलाई सय करोड पारिश्रमिकसहित फिल्म अफर भएको कोइमोइले जनाएको छ । 
 
लायकाको नयाँ फिल्मलाई एटलीले निर्देशन गर्नेछन् । अल्लू अर्जुन एक अब्बल दर्जाका कलाकार हुन् भने एटली साउथको सफल निर्देशकको रुपमा चिनिन्छन् । एटलीले ‘थेरी, मेर्सल, बिगिल’ जस्ता ब्लकबस्टर फिल्मको निर्देशन गरिसकेका छन् । यसकारण उनीहरुबीचको सहकार्य उत्कृष्ट सावित हुने अनुमान गरिएको छ । तर, अल्लू अर्जुनले फिल्ममा काम गर्ने पक्का भइसकेको छैन ।
 
रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको ‘पुष्पा’ ले बक्सअफिसमा आक्रामक कमाई गर्दै कयौं फिल्मको रेकर्ड तोडेको छ । हिन्दी भाषामा मात्र फिल्मले ९० करोडमाथिको कमाई गरेको छ । रक्त चन्दन तस्करी कथामा बनेको फिल्ममा अल्लू अर्जुनको स्टाइल र एक्सनलाई दर्शकले निकै रुचाएका छन् । सुकुमार निर्देशित फिल्मले नेपालमा समेत आक्रामक कमाई गरेको थियो ।
Most Visited News (monthly)