Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिन्धुलीगढी’ नाममा फिल्म बन्ने, एसएस राजामौलीले सघाउने

फिल्मीखबर, काठमाण्डौ, 2022/01/25
movie - sindhuligadi
 
नेपालमा ऐतिहासिक घटनाक्रममाथि फिल्म बन्ने क्रम बढिरहेको समयमा वि.सं १९२४ ताका नेपाल र अङ्ग्रेजबीच भएको युद्धमा आधारित भएर फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने भएको छ । मंगलवार चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरिएको हो । सास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई विश्वमणि घिमिरेले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनी स्वयंको हो ।
 
सास अधिकारीले निर्माण गर्ने फिल्मको छायांकन सिन्धुलीगढी र काभ्रे हुने जनाइएको छ । निर्माता अधिकारीले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान पश्चात् फिल्म निर्माण गर्न लागेको फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले फिल्मलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने पनि बताएका छन् । फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा हुनेछ ।
 
निर्माता अधिकारीले फिल्मलाई हिन्दी र अङ्ग्रेजी भाषामा डब गरिने जानकारी दिए । नेपाली फिल्मको इतिहासमै ठूलो लगानीमा फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने उनको भनाई छ । उनले फिल्मका लागि मुख्य कलाकारहरु अडिसनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताए । विकास बोडको इजाजत पत्रमा भने कलाकारहरुमा मनोज भेटवाल, लक्ष्मी भट्टराई र सुधा कार्कीको नाम छ । 
 
कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । निर्देशक घिमिरेले फिल्मको कसरी छायांकन गर्ने भन्ने विषयमा एसएस राजामौलीसँग छलफल भइरहेको बताए । राजामौलीकै संलग्नतामा फिल्मको पोष्ट प्रोडक्सनको काम हुने पनि उनले जानकारी दिए । उनका अनुसार, फिल्ममा बढीजसो भिजुअल इफेक्ट्सको प्रयोग हुनेछ ।
Most Visited News (monthly)