Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमेडीले भरिएको राजकुमार र भूमिको ‘बधाई दो’ ट्रेलर

एजेन्सी, मुम्बई, 2022/01/25
Badhaai Do' Motion Poster: Makers Of Rajkummar Rao-Bhumi Pednekar's Movie  To Release Trailer On This
 
फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार राव र भूमि पेडनेकर अभिनीत फिल्मको ट्रेलर कमेडीले भरिएको छ । राजकुमार र भूमिबीचको विवाहको सेटिङको वरिपरी ट्रेलर घुमेको छ, जहाँ उनीहरुको कयौं गोप्य राज खुल्छ । रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि उनीहरुको जीवनमा आउने विभिन्न उचार-चढावलाई ट्रेलरमा रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
 
ट्रेलरमा भूमि पेडनेकर एक पिटी शिक्षकको भूमिका निभाउँदै देखिएकी छन् भने राजकुमार पुलिस अफिसरको भूमिकामा छन् । भूमिले ट्रेलर शेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो ती फिल्ममध्ये एक हो, जुन हाम्रो बाटोमा आयो र हाम्रो दिलमा एक तरिकाले छोयो । केही यात्रा सधैं याद राख्ने खालको हुन्छ ।’ यो फिल्म २०१८ मा आएको फिल्म ‘बधाई हो’ को नेम सिक्वेल हो ।
 
हर्षवर्धन कुलकर्णीको निर्देशनमा तयार भएको ‘बधाई दो’ यस वर्ष हलमा रिलिज हुने सबैभन्दा प्रतिक्षीत फेमिली इन्टरटेन्मेन्टमध्ये एक हो । राजकुमार र भूमिका अलावा फिल्ममा सीमा पाहवा, शीबा चड्ढा, लवलीन मिश्रा, नितीश पान्डे, दीपक अरोरा, शशि भूषण जस्ता अनुभवी कलाकारहरुको अभिनय रहेको छ । आउँदो फेब्रअरी ११ लाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । 
 

Most Visited News (monthly)