Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आगलागीले खरानी भएको म्याजिक हल फेरि उठ्यो

फिल्मीखबर, काठमाडौं, 2022/01/27
गत भदौमा विद्युत सर्ट भएर आगलागी हुँदा खरानी भएको सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हल फेरि उठेको छ । आगलागीका कारण २ करोड क्षति भएको हललाई साढे २ करोड खर्च गरेर सुविधा सम्पन्न बनाइएको छ । हलका सञ्चालक पर्शुराम चौधरीले पहिलाको कमी कमजोरीलाई सच्याउँदै हललाई नयाँ स्वरुपमा साजसज्जाका साथ तयार गरेको जानकारी दिए । 
 
magic cinema hall - jhumka
 
उनले भने- ‘अहिले हलको रुपरंग नै बदलिएको छ । ५.१ साउन्ड सिस्टम पहिला पनि थियो । अहिले एमपी फाइभसँगै ६ वटा अत्याधुनिक स्पिकरहरु थपेको छु । पर्दा पछाडिको बुफर दुईवटा बनाएको छ । पहिला डिजिटल प्रोजेक्टर थियो । अहिले एचडी डिजिटल बनाएको छु । पर्दाको लम्बाई र चौडाई पनि बढाएँ । कुर्सीहरु पनि पहिलाकोभन्दा अहिले एकदमै आरामदायी छ ।’ 
 
magic cinema hall - jhumka
 
अहिले सबै सामानको मुल्य आकाशिएकाले हलको लागत बढेको सञ्चालक चौधरी बताउँछन् । सांस्कृतिक कार्यक्रम गर्न मिल्ने गरी हलको स्टेजसँगै क्लब लाइटिङको पनि व्यवस्था गरिएको उनले जानकारी दिए । अब हल फिल्म प्रदर्शनका लागि तयार भएको र सरकारले सिनेमा हल खोल्न अनुमति दिएपछि ठूलो नेपाली वा विदेशी फिल्मबाट हललाई सञ्चालन गर्ने उनले बताए । 
 
magic cinema hall - jhumka
 
हलको इन्स्योरेन्स नभएकाले पूर्ननिर्माणको सम्पूर्ण खर्च आफैंले बेहोर्नु परेको सञ्चालक चौधरी बताउँछन् । उनले भने- ‘हल भएको भवन र जग्गा दुवै मेरो हो । तर, इन्स्योरेन्स कम्पनीले व्यवसायिक भवनको रुपमा भवनको मात्र इन्स्योरेन्स गरेको रहेछ । हलको इन्स्योरेन्स नै भएको रहनेछ । लकडाउनले गर्दा यसतर्फ मेरो पनि ध्यान जान सकेन । अहिले हलको पनि इन्स्योरेन्स गरेको छु ।’
 
magic cinema hall - jhumka
 
लामो समय नेपाली फिल्ममा सम्पादक र साउन्ड डिजाइनरको रुपमा काम गरेका म्याजिक सिनेमा हलका सञ्चालक चौधरी फिल्मप्रति माया भएकै कारण पुनः ठूलो खर्चमा हललाई तयार गरेको बताए । थारु भाषाको पहिलो फिल्मको निर्माता समेत गरेका उनी हलले गति लिएपछि फेरि फिल्म निर्माणमा फर्किने योजनामा छन् । उनले केही नेपाली फिल्ममा अभिनय पनि गरेका छन् । 
 
आगलागी भएपछि हलको अवस्था यस्तो थियो
 
magic cinema hall - jhumka
 
magic cinema hall - jhumka
Most Visited News (monthly)