Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलियालाई अल्लू अर्जुनसँग काम गर्ने इच्छा

एजेन्सी, मुम्बई, 2022/02/09
alia bhatt and allu arjun
 
सुपरस्टार अल्लू अर्जुनको क्रेज र लोकप्रियता संसारभर छ । उनी अभिनीत तेलुगू फिल्म हिन्दीमा डब भएर विदेशका हलमा समेत प्रदर्शनमा हुने गरेका छन् । उनको अभिनयसँगै एक्सन र नृत्य शैली दर्शकलाई विशेष मन पर्छ । पछिल्लो रिलिज फिल्म ‘पुष्पा’ को सफलताले करिअरको उचाइँमा पुगेका उनीसँग बलिउडका नाम चलेका कलाकारहरु समेत फिल्ममा काम गर्न लालयित छन् ।
 
बलिउड अभिनेत्री आलिया भट्ट पनि अल्लू अर्जुनको फ्यान हुन् । पहिलो पटक तेलुगू फिल्म ‘आरआरआर’ मा साउथ सुपरस्टार राम चरण र जूनियर एनटीआरसँग काम गरेकी उनलाई अल्लू अर्जुनसँग पनि काम गर्ने इच्छा छ । उनले भनेकी छन्, ‘मैले परिवारसँग ‘पुष्पा’ हेरेको थिएँ । म अल्लू अर्जुनको फ्यान भएँ । मलाई परिवारले अल्लू अर्जुनसँग काम गर्न दबाब दिइरहेका छन् ।’
 
‘पुष्पा : द राइज’ अल्लू अर्जुनको करिअरकै सबैभन्दा सफल फिल्म बनेको छ । फिल्मले हिन्दी भाषा (डब) मा मात्र सय करोडको आँकडा नाघेको छ । संसारभर तीन सय करोडको आँकडा पार गरेको फिल्मले नेपालमा मात्र ८ करोड ग्रस कलेक्सन गरेको छ । रक्तचन्दन तस्करीको कथामा बनेको फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । फिल्ममा रश्मिका मन्दानाको पनि अभिनय छ ।
Most Visited News (monthly)