Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाको आग्रह- ‘आफूलाई पर्दा मात्रै हारगुहार गर्ने स्वार्थीपना त्यागौं’

फिल्मीखबर, काठमाडौं, 2022/08/27
गत बैशाखमा साउथको ठूलो फिल्म ‘केजीएफ २’सँग फिल्म ‘ए मेरो हजुर ४’ले भिड्ने आँट गर्दा कसैबाट साथ, सहयोग र समर्थन नपाएपछि निर्देशक झरना थापाले एक कार्यक्रममा भनेकी थिइन्, ‘आज मलाई झम्टिएको चितुवाले भोली तपाईंलाई पनि टोक्न सक्छ । त्यसैले आज हामीलाई पर्दा मौन नबस्नुहोस् । फिल्म इन्डस्ट्री रहे न हामी रहन्छौं । त्यसैले पहिला घर बचाउन सबै जुटौं ।’ 
 
 
झरनाले भनेझैं यतिबेला विदेशी फिल्मको चितुवाले शुक्रवारबाट हलमा लागेका दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’लाई टोकेको छ । शुक्रवार प्रदर्शकहरुले बलिउड फिल्म ‘लाइगर’लाई भएभरको शो थुपारेर नेपाली फिल्ममाथि शो बाँडफाँडमा ठूलो विभेद गरेका थिए । शो राम्रो नपाएको भन्दै ‘प्रकाश’ टिम आक्रोशित नै बन्यो । तर, उनीहरुको पक्षमा बोल्न एकाध मात्र अगाडि सरेका छन् । 
 
फिल्म क्षेत्रमा जसलाई पर्छ उही मात्र हारगुहार गर्ने चलन छ । फिल्मकर्मीहरुबीच एकता भन्ने नै छैन । हिजो सुनिल कुमार थापा र झरना थापा एक्लै रोइकराई गरे, आज प्रदीप खड्काको टिम हलवालाविरुद्ध एक्लै आगो ओकलिरहेको छ । आफूलाई झम्टेको चितुवाले ‘प्रकाश’ र ‘राधा’लाई पनि टोकेपछि झरना थापाले आफूलाई पर्दा मात्रै हारगुहार गर्ने स्वार्थीपन त्याग्न आग्रह गरेकी छन् । 
 
उनले फेसबुकमा लेखेकी छन्, ‘हिजो हामी (ए मेरो हजुर-४) लाई झम्टेको चितुवा (विदेशी फिल्म) ले आज ‘प्रकाश’ र ‘राधा’लाई पनि बाँकी राखेन । त्यतिबेला हामीले त्यो चितुवाको एक्लै प्रतिकार गर्नु परेको थियो । आखिर यस्तो एकल लडाइँ  कहिलेसम्म ? जसलाई पर्छ, ऊ मात्रै चिच्याउनु पर्दाको आघात हामीले रामैसँग भोगेका छौ । त्यसमाथि हामी एकअर्कासँग नै लड्ने गरेका छौं ।’
 
एकअर्काको अस्तित्व स्वीकार नै नगर्ने, अरुको पीडामा कहिल्यै पनि नबोल्ने, आफूलाई पर्दा मात्रै हारगुहार गर्ने स्वार्थीपना आजकै दिनबाट निर्मुल गरेर नेपाली फिल्ममाथिको आक्रमणको प्रतिकारमा सबै एकजुट हुन उनको आग्रह छ । निर्देशक थापा अगाडि लेख्छिन्, ‘हिजो हामीलाई चिथोरेको चितुवाले आज गर्दन समातेको छ । यस्तै भैरहे, भोलि पूरै इन्ड्रस्टी नै निल्ने छ । चेतना भयाः ।’
 

Most Visited News (monthly)