Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मितज्यू’ हेरेपछि नवीन सुब्बाले भने- ‘सौगात र दयाहाङको खारिएको काम’

फिल्मीखबर, काठमाडौं, 2026/05/27

nabin subba

 

‘गाउँ आएको बाटो’का निर्देशक नवीन सुब्बाले फिल्म ‘मितज्यू’ले नेपाली समाजको सोच्ने तरिकामा नै प्रश्न गरेको बताएका छन् । यसै साता काठमाडौंको एक हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले परिवारबारे नेपाली समाजमा बनेको धारणा र मान्यतालाई प्रश्न गर्दै फिल्मले धेरै चुनौती दिएको बताए । 

उनले भने, ‘यो फिल्मले समाजका विभिन्न पक्षलाई विभिन्न तहमा उजागर गरेको छ । हामीमा परिवारको जुन धारणा छ, त्यसलाई नै प्रश्न गरेको छ । फिल्मले मौलिक कथालाई उठाएर धेरै कुरा भनेको छ । रोल्पा र रुकुमबाट अलि अगाडि बढेर समग्र नेपाली समाजको सोच्ने प्रक्रिया (थर्ट प्रोसस)माथि नै प्रश्न गर्छ । यो मलाई गजब लाग्यो ।’

फिल्मले गरेको राजनीतिक अनुमान अहिलेको राजनीतिसँग पनि मेल खाएको उनको तर्क छ । उनले भने, ‘फिल्मले पुराना पार्टी समाप्त भएको र नयाँ सोच आएको कुरा प्रतीकात्मक रूपमा देखाएको छ । नेपाली फिल्मले पहिलो पटक यसरी कथा बोलेको हो ।’ उनले यस्ता फिल्म अझै बन्नुपर्नेमा पनि जोड दिए । यसले समाज निर्माणलाई नै सहयोग गर्ने उनको भनाइ छ ।

सुब्बाले कलाकारहरूको अभिनयको पनि खुलेर प्रशंसा गरे । सौगात मल्ल र दयाहाङ राईले खारिएको अभिनय प्रस्तुत गरेको उनले बताए । आवरण र भावनात्मक पक्षमा दुवैले राम्रो काम गरेको उनको भनाइ छ । उनले यही फिल्मबाट डेब्यू गरेकी टेरिया फौजा मगरको अभिनय पनि उत्कृष्ट रहेको बताए । पहिलो फिल्ममै उनको अभिनयमा परिपक्वता देखिएको सुब्बाको भनाइ छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ‘वर्ड अफ माउथ’को प्रभावले हलमा दर्शकको चाप पनि बढिरहेको देखिन्छ । यस्तैमा फिल्मका दुई मुख्य कलाकार दयाहाङ राई र तेरिया फौजा मगरले मोफसल यात्रा सुरु गरेका छन् । बुधबार उनीहरूले नेपालगन्जका विभिन्न हलमा दर्शकसँग भेट गर्नेछन् ।

Most Visited News (monthly)