Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नौ डाँडा काटेर’मा आशीर्वाद र अश्विनीको अभिनय

फिल्मीखबर, काठमाडौं, 2026/05/27

Ashirwad Chhetri And Ashwini Shahi

 

फिल्म ‘नाइँ नभन्नू ल ६’बाट अभिनेताको रूपमा डेब्यू गरेका आशीर्वाद क्षेत्रीले गएको ३ वर्षमा फिल्मभन्दा धेरै म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । यो बीचमा उनका दुईवटा फिल्म प्रदर्शनमा आउँदा म्यूजिक भिडियो दुई दर्जनभन्दा बढी रिलिज भइसकेका छन् । यस्तैमा उनी अभिनीत नयाँ गीत ‘नौ डाँडा काटेर’ बुधबार युट्युबमा सार्वजनिक भएको छ ।

१४ मिनेटभन्दा लामो यस म्यूजिकल सर्ट फिल्ममा आशीर्वादको जोडी ‘द्रोपदी’ फिल्मकी अभिनेत्री अश्विनी शाहीसँग बाँधिएको छ । उनीहरूको फेसबुकबाट माया बसेको हुन्छ । गाउँमा लुगा सिलाउने काम गर्ने आशीर्वाद अश्विनीलाई भेट्न काठमाडौं आउँदाको प्रसंगलाई भिडियोमा देखाइएको छ । अश्विनी भने धनाड्य युवतीको भूमिकामा छिन् ।

आर.बी. पुनको अवधारणामा तयार भएको गीतमा गायक प्रताप दासको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरू प्रताप शाहीले लेखेका हुन् भने संगीत सुवास पुन मगरको हो । गीतले प्रेममा डुबेको एक युवकको भावनात्मक अनुभूति प्रस्तुत गरेको छ । गीतमा युवतीलाई स्वर्गकी अप्सरा र पूर्णिमाको जूनसँग तुलना गर्दै उनको सौन्दर्यको वर्णन गरिएको छ । 

धड्कन नेपाल ग्रुपले निर्माण गरेको यस भिडियोमा आशीर्वाद र अश्विनीसहित राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे, चेतना काफ्लेलगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईँको छायांकन रहेको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् । सम्पादन पनि हरि स्वयंको हो । रंग संयोजन प्रवीन मानन्धरको रहेको छ ।

 

Most Visited News (monthly)