Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुम्भ’लाई नेपाली फिल्मको इतिहासमै सबैभन्दा कम शो

फिलमीखबर, काठमाडौं, 2026/05/28

kumba

 

नेपाली फिल्मले बेला बखतमा अनौठा रेकर्ड बनाउँछन् । कति रेकर्ड यस्ता पनि हुन्छन्, जुन विश्वमै विरलै देख्न पाइन्छ । सबैभन्दा अनौठो रेकर्ड २०७९ सालमा फिल्म ‘शिवानी’ले बनाएको थियो । यो विश्वमै सबैभन्दा कम कमाउने फिल्ममा पर्छ । यसको कमाइ जम्मा ५२० रुपैयाँ थियो भने ५ वटा टिकट बिक्री भएका थिए । एक हजार पनि नकमाउने यो पहिलो नेपाली फिल्म हो ।

अब अर्को एक नेपाली फिल्मले पनि अनौठो रेकर्ड बनाएको छ । भोलि शुक्रबार (१५ जेठ)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुम्भ’ले नेपाली फिल्मको इतिहासमै सबैभन्दा कम शो पाएको हो । देशका लगभग ९८ प्रतिशत हलले यो फिल्मलाई शो नै दिएका छैनन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा समेत फिल्मको शो छैन । 

बिहीबार दिउँसो १ बजेसम्म फिल्मले शुक्रबारका लागि देशभर जम्मा ७ वटा शो पाएको डिजिटल वालेट खल्ती एपमा देखिन्छ । शनिबारलाई त झन् त्यति शो पनि उपलब्ध छैन । अझ रोचक कुरा के छ भने यो समाचार तयार पार्दासम्म फिल्मका जम्मा २ वटा टिकट बिक्री भएका छन् । जबकि, फिल्मको पोस्टरमै आधा दर्जनभन्दा बढी कलाकार देखिन्छन् । 

फिल्मको प्रचार गर्न भारतबाट कलाकार सुरेन्द्र ठाकुरलाई समेत नेपाल झिकाइएको छ । तर, भारतमै खासै नचिनिएका उनलाई हेर्न नेपाली दर्शकले रुचि नै देखिएका छैनन् । फिल्मको शो र टिकट बिक्रीको अवस्था हेर्दा सुरेन्द्रलाई नेपाल ल्याउन गरिएको खर्च पनि नउठ्ने देखिन्छ । यस्तो अवस्थामा फिल्मको व्यापार ‘शिवानी’को जस्तै हुने त होइन भन्ने आशंका उब्जिएको छ ।

Most Visited News (monthly)