Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’को हिन्दी गीत एल्बम : जुबिनदेखि राहत फतेहसम्मको स्वर

फिल्मीखबर, काठमाण्डौ, 2022/08/22
विश्वको ठूलो फिल्म बजार मानिने छिमेकी मुलुक भारतमा नेपाली फिल्मका लागि ठूलो ढोका खोल्न लागेको फिल्म ‘प्रेमगीत ३’को चारवटा हिन्दी गीतको अडियो एल्बम सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्यूजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक-गायिकाहरुले स्वर दिएका छन्, जुन कर्णप्रिय छ । 
 
premgeet 3
 
‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पार्श्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द रचना छ । जुबिनको आवाजले मन्त्रमुग्ध बनाउँछ । दोस्रो गीत ‘जहान भी जाओ आई सनम’मा पार्श्व गायक राहत फतेह अली खानको स्वर सुन्न सकिन्छ । देव राजको कम्पोज रहेको गीतमा हरि शंकर सूफीको शब्द रचना छ ।
 
तेस्रो गीत ‘तुम प्यार हो’मा पलक मुच्छल र अंकित तिवारीको युगल स्वर रहेको छ भने असलम कीको कम्पोज र कुमारको शब्द रचना छ । त्यस्तै, चौंथो रोमान्टिक गीत ‘मुझ में बस जाना’मा पलक मुच्छल र देव नेगीको युगल स्वर छ । गीतमा कल्याण सिंहको कम्पोज छ भने ए एम तुराजको शब्द रचना छ । फिल्मको चारवटै गीत रोमान्टिक थिममा तयार छन् । अडियो पक्ष बलियो छ । 
 
आगामी असोज ७ गतेबाट फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ । भारतको हलमा प्रदर्शनका लागि फिल्मलाई हिन्दी डब गरिएको छ । साउथ फिल्मको हिन्दी डबमा आवाज दिने चर्चित डबिङ आर्टिस्टले फिल्मको हिन्दी डब गरेका हुन् । फिल्मको हिन्दी र नेपाली भर्सनमा दुईवटा टिजर रिलिज भइसकेको छ । तर, फिल्मको टिजर नेपालीभन्दा हिन्दीमा निकै रुचाइएको छ ।  
 
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गरेकी छन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
 

Most Visited News (monthly)