Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रकाश’ टिमले शिक्षकबारे कविता लेखे डेढ लाख दिने

फिल्मीखबर, काठमाडौं, 2022/08/03
prakash poem
 
आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगिताको घोषणा गरेको छ । फिल्मको मूल कथाअनुसार निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिताको आयोजना गरेको हो । निर्माता महेन्द्र अधिकारीका अनुसार, प्रतियोगितामा कलेज तथा स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् । 
 
सहभागीता जनाउनका लागि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनु पर्नेछ भने बढीमा कक्षा १२ मा अध्ययनरत् विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले एक लाख र द्वितिय हुनेले ५० हजार नगद पुरस्कार जित्नेछन् । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको भिडियो लम्बाई १ देखि साढे एक मिनेटसम्म हुनु पर्नेछ । 
 
कविता प्रतियोगितामा भाग लिन चाहनेले कविताको भिडियो बनाएर prakshthefilm @gmail.com मा पठाउन सक्नेछन् । प्रतियोगितामा भाग लिने समय सीमा श्रावण २० गतेदेखि भाद्र २० गतेसम्म तोकिएको छ । फिल्मले सरकारी स्कूलमा शिक्षक बन्न जुम्लाको एक युवक (प्रदीप खड्का) ले गर्ने संघर्षको कथा उठान गरेको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । 
 
दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतको पनि अभिनय रहेको फिल्ममा विकास सुबेदीको कथा लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको गीतमा संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।
Most Visited News (monthly)