Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको फिल्ममा नछुट्ने सलोन !

फिल्मीखबर, काठमाडौं, 2021/04/02
 
नेपाली फिल्ममा कलाकारहरुको सोर्सफोर्स निकै चल्छ । विशेषगरी अभिनयमा सक्रिय रहेका कलाकारहरु नयाँ नयाँ प्रेम सम्बन्धमा छन् भने उनीहरु आफूलाई अफर हुने फिल्ममा नायक वा नायिकाको सिफारिस एकअर्कालाई गर्ने गरेको पाइन्छ । कतिपयले भने काम गर्न सहज हुने कलाकारहरुलाई फिल्ममा लिनका लागि निर्माता तथा निर्देशकलाई दबाब दिने गरेका छन् । 
 
एक समय अभिनेता आर्यन सिग्देलले पनि आफू अनुबन्ध भएको फिल्ममा अभिनेत्री वा सहायक भूमिकामा विभिन्न कलाकारको नाम सिफारिस गर्ने गरेको चर्चा चल्थ्यो । अचेल भने उनले आफूले साइन गरेको फिल्ममा चरित्र अभिनेतामा सलोन बस्नेतलाई लिन निर्माण टिमलाई दबाब दिने गरेको चर्चा छ । उनीहरुबीच पहिलो पटक फिल्म ‘हजार जुनीसम्म’ मा सहकार्य भएको थियो । 
 
यो फिल्मको सुटिङ सेटमा आर्यन सबैभन्दा नजिक सलोनसँग थिए । फिल्मको छायांकन सकिँदासम्म उनीहरुबीच बलियो मित्रता बनेको थियो । यो फिल्मपछि आर्यनले फिल्म ‘डिसेम्बर फल्स’ साइन गरे । यसमा सलोनको पनि अभिनय छ । अब उनीहरु तेस्रो पटक फिल्म ‘मिरर’ मा काम गर्दैछन् । यी दुवै फिल्ममा आर्यनले निर्माण टिमसँग सलोनको नाम सिफारिस गरेको बुझिएको छ । 
 
उनी अब आफूले काम गर्ने फिल्ममा सलोनलाई छुटाउने पक्षमा देखिएका छैनन् । सलोन पनि आर्यनसँग फिल्म गर्न सजिलै तयार हुने गरेका छन् । सबैसँग मित्रवत् व्यवहार गर्ने भएकाले उनी धेरै नेपाली कलाकारको पहिलो रोजाई बन्ने गरेका छन् । अभिनेता द्वय अनमोल केसी र सलिनमान बनियाँले पनि आफू अनुबन्ध भएको फिल्ममा सलोनको नाम सिफारिस गर्ने गरेको चर्चा छ । 
Most Visited News (monthly)