Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ वर्षमा पनि सुनसान हुने भयो हल

फिल्मीखबर, काठमाण्डौ, 2021/04/02
 
नयाँ वर्ष फिल्म रिलिजका लागि उपयुक्त समय मानिन्छ । हरेक नेपाली ‘न्यू इयर’ सेलिब्रेसनको मुडमा हुने भएकाले सिनेमा हलमा दर्शकको चाप बढ्ने विश्वास फिल्मकर्मीहरुमा छ । नयाँ वर्षमा रिलिज भएका फिल्मले दर्शकका साथ पाएका उदाहरण धेरै छन् । यही कारण नयाँ वर्षमा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलो हानाथाप हुने गरेको छ । यसपटक पनि यस्तै देखिएको थियो ।
 
नयाँ वर्ष २०७८ को अवसरमा चैत २७ गतेलाई तीन फिल्म ‘कृष्ण लीला, लप्पन छप्पन २ र मनसँग मन’ ले प्रदर्शन मिति घोषणा गरेका थिए । कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई यी तीन फिल्मले नयाँ बाटो दिने अपेक्षा धेरैको थियो । सरकारले सिनेमा हलमाथि ५० प्रतिशत अकुपेन्सीको बन्देज कायमै राखेको अवस्थामा पनि यी फिल्महरु प्रदर्शनका लागि तयार थिए ।
 
तर, कोरोनाको दोस्रो लहर सुरु भएपछि तीनै फिल्मको रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड भएको छ । हल व्यवसायीहरुले एमजी (मिनिमम ग्यारेन्टी) दिए ‘कृष्ण लीला’ रिलिज गर्ने पक्षमा निर्मातामा थिए । तर, यो बेला एमजी दिन नसक्ने अडान हल व्यवसायीले राखेपछि बिहीवार निर्माण टिमले रिलिज स्थगन गरेको हो । अब नयाँ वर्षमा सिनेमा हल सुनसान हुने देखिएको छ ।
 
यस वर्षको दशैं, तिहारमा नेपाली फिल्मले रिलिजको अवसर गुमायो । नयाँ वर्षमा पनि कोरोना भिलेन बनेको छ । सरकारले सिनेमा हल खोल्न अनुमति दिएपछि चलचित्र विकास बोर्डले ६ महिनाभित्र रिलिज हुने फिल्मलाई प्रचारमा सघाउने बताएको थियो । तर, बोर्डले देखाएको सस्तो ललिपपको लोभमा फसेर निर्माताहरु करोडौंको लगानीमाथि रिक्स उठाउने पक्षमा देखिएका छैनन् ।
 
कोरोनाले आशातित बलिउड फिल्मका रिलिज पनि पोस्टपोन्ड भइरहेका छन् । ‘सूर्यवंशी, राधे, ८३’ जस्ता ठूला हिन्दी फिल्मको रिलिज अनिश्चित हुँदा नेपाली निर्माताहरु फिल्म रिलिजको जोखिम उठाउन तयार देखिएका छैनन् । यो समयमा विदेशी फिल्मको आश गर्ने भन्दा नेपाली फिल्मलाई नै रिलिजका लागि तयार बनाउन चलचित्र विकास बोर्डले पहलकदमी चाल्न जरुरी देखिन्छ । 
Most Visited News (monthly)