Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगन्ज’ मा बेनिशा अनुबन्ध

फिल्मीखबर, काठमाण्डौ, 2021/04/02
 
कोरोना महामारीभन्दा अगाडि भारतमा फिल्म मेकिङ पढेर फर्किएकी अभिनेत्री बेनिशा हमाल फिल्म ‘घर’ पछि ठूलो पर्दामा देखिएकी छैनन् । लकडाउनमा उनले फिल्म ‘भाँडाकुटी’ साइन गरेकी थिइन् । फागुन अन्तिमबाट छायांकन सुरु हुने भनिएको फिल्म प्रि प्रोडक्सनमै अड्किएको छ । यो फिल्म छायांकनमा जान ढिलाइ भएपछि बेनिशाले नयाँ फिल्म साइन गरेकी छन् । 
 
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रेमगन्ज’ मा उनी अनुबन्ध भएकी हुन् । उनको अपोजिटमा तेज गिरी फाइनल भएको निर्माण टिमले जानकारी दिएको छ । लामो समयदेखि मुक्तिनाथ विकास बैंकमां जागिरे रहेका तेजले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । त्रिकोणात्मक प्रेम कथामामा बन्ने फिल्मको छायांकन यही चैत २५ गतेबाट सुरु हुँदैछ ।
 
यसअघि फिल्मका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भइसकेका छन् । फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने बताइएको छ । स्पटब्वाई राजु फुयाँलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको काभ्रे, जिरी र काठमाडौंमा सुटिङ हुनेछ ।
Most Visited News (monthly)