Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘रेम्बो’ मा टाइगरको ठाउँमा प्रभास ?

फिल्मीखबर, काठमाडौं, 2021/04/01
 
सुपरस्टार टाइगर श्राफले कम समयमा नै बलिउडमा आफ्नो अलग पहिचान बनाएका छन् । नृत्य र एक्सनमा निपूर्ण मानिने उनलाई लिएर फिल्म बनाउन भारतका ठूला प्रोडक्सन हाउसबीच हानाथाप हुने गरेको छ । अहिले उनीसँग फिल्मको कमी छैन । नयाँ फिल्मबाट पनि दिनहुँ अफर आइरहेका छन् । आफ्नो व्यस्तताका कारण उनले केही फिल्मबाट हात समेत झिक्नु परेको छ ।
 
करीब २ वर्ष अगाडि उनले फिल्म ‘रेम्बो’ साइन गरेका थिए । अब निर्माण टिम फिल्मको छायांकन सुरु गर्ने तयारीमा जुटेको छ । तर, तत्काल समय निकाल्न नसक्ने भएपछि टाइगरले फिल्म नगर्ने निर्णय लिएको भारतीय मिडियाले बताएका छन् । उनी चाँडै सुपरहिट फिल्म ‘वार’ को सिक्वेलको छायांकनमा व्यस्त हुँदैछन् । योसँगै उनको पाइपलाइनमा ‘बागी ४ र हिरोपन्ती २’ पनि छ ।
 
टाइगरले फिल्म नगर्ने भएपछि निर्माण टिमले उनको ठाउँमा साउथ सुपरस्टार प्रभासलाई कास्ट गरेको खबर छ । तर, यसबारेमा निर्माण टिमले आधिकारिक जानकारी दिएको छैन । प्रभाससँग पनि तत्कालका लागि समय छैन । ‘आदिपुरुष, सलार’ लगायतका फिल्म उनको पाइपलाइनमा रहेका छन् । यी दुई फिल्मभन्दा अगाडि उनले ‘रेम्बो’ लाई समय दिनसक्ने सम्भावना निकै कम छ ।
Most Visited News (monthly)