
विश्वमै विवादरहित अवार्ड कमै छन् । संसारकै प्रतिष्ठित मानिने ओस्कार अवार्ड समेत अक्सर विवादमा पर्ने गरेको छ । नेपालमा आयोजना हुने अवार्ड झन् विवादरहित हुने कुरै आएन । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै हुन्छ नेपालमा अवार्डहरु । स्टल राखेर खुल्लम खुल्ला अवार्ड विक्री वितरण हुने गरेको आरोप समेत लाग्ने गरेको छ । तर पनि न लिने थाकेका छन् न दिने ।

अभिनेता आर्यन अधिकारीलाई शरीरको बनावटका कारण ‘नेपाली टाइगर श्राफ’सँग दाँज्ने गरिन्छ । हुन पनि टाइगरको झल्को दिने शरीर छ आर्यनको । उनको बाह्रैमास ‘सिक्स प्याक’ शरीर हुन्छ । तर, शरीर बनाउन उनले गर्ने मिहिनेत र तपस्या, अभिनयमा देखिन सकेको छैन । यसैले त डेब्यू फिल्मदेखि उनको अभिनयको आलोचना हुँदै आएको छ । एक्सनमा भने उनमा खोट छैन ।

फिल्मको सफलता र असफलता कलाकारमा निहीत रहँदैन । फिल्मको भाग्य त स्क्रिप्टकै चरणमा लेखिसकेको हुन्छ । कलाकारले आफूले पाएको चरित्र कुशलतापूर्वक निभाउने मात्र हो । यद्यपि, फिल्मको सफलता र असफलताले एउटा कलाकारको करिअरमा अर्थ ठूलो भने राख्ने गर्छ । सफलताले करिअरलाई मजबुद बनाउन भूमिका खेल्छ भने असफलताले संकटउन्मुख बनाउन सक्छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको विरेन्द्रनगरमा पहिलो पटक ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने भएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज ४ गतेदेखि ६ गतेसम्म तीन दिन महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा कर्णालीको कथामा बनेका फिल्म प्रदर्शनदेखि कर्णालीलाई फिल्म पर्यटनको रुपमा विकास गर्ने विषयमा अन्तरक्रिया गरिनेछ ।

गत बैशाखमा प्रदर्शित फिल्म ‘बुलाकी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मण सुनारले नयाँ फिल्मको निर्देशन जिम्मेवारी पाएका छन् । उनले फिल्म ‘फनफनी’को निर्देशन गर्न लागेका हुन् । सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् फिल्मको घोषणा गरिएको हो । फिल्मको घोषणासँगै मुख्य भूमिकामा आर्यन अधिकारी अनुबन्ध भएका छन् ।

जुनसुकै क्षेत्रमा आफूले गरेको कामको प्रशंसाको रुपमा अवार्डलाई लिइन्छ । अवार्ड प्रतिष्ठाको विषय समेत हो । यसैले अवार्डका लागि संसारमै ठूलो रस्साकस्सी हुने गर्छ । कलाकारलाई त झन् अवार्डको बेग्लै महत्त्व छ । तर, बलिउड अभिनेता नसीरुद्दीन शाह भने अवार्डको कुनै महत्त्व देख्दैनन् । उनले आफूले पाएको अवार्डहरुलाई समेत फार्महाउसको ढोकाको ह्यान्डल बनाएका छन् ।

