Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3679 - 3684 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २८, आईतवार

अनिता पण्डितद्वारा निर्देशित फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । ‘मेरो विश्वास’ बोलको रोमान्टिक भावको गीतमा प्रविशा अधिकारीको स्वर, एलिस कार्कीको संगीत तथा पवित्रा घिमिरेको शब्द रचना रहेको छ । फिल्मका मुख्य अभिनेत्रीद्वय सुरविना कार्की र अनिता पण्डित प्रस्तुत गीतमा ट्रान्सजेन्डर महिलाबीचको प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २७, शनिवार

आगामी असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार भारतीय युट्युब च्यानल बीफोरयू म्यूजिकबाट सार्वजनिक ट्रेलरमा विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर्स)ले निम्त्याएको पारिवारिक विग्रह र संकटको कथा प्रस्तुत छ । बिहीबार फिल्मको नेपाली भर्सनको ट्रेलर सार्वजनिक गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २७, शनिवार

सन् २००९ देखि अभिनेता शाहिद कपूरको करिअर ओरालो लाग्न थालेको थियो । एकपछि अर्को फिल्म असफल भैरहेका थिए । तर, सन् २०१९ मा आएको फिल्म ‘कबीर सिंह’ले उनलाई फेरि एकपटक उचाइँमा पुर्‍यायो । २०२२ मा आएको उनकै नयाँ फिल्म ‘जर्सी’ भने नराम्रोसँग डुब्यो । यसपछि उनले ‘फर्जी’ र ‘ब्लडी डेडी’ वेब सिरिजमा काम गरे । अब उनी फिल्म गर्ने तयारीमा छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २७, शनिवार

दीपल वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’ स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा प्रदीप खड्का, नीति शाह, वर्षा सिवाकोटी, राजबल्लभ कोइराला मुख्य भूमिकामा देखिँदैछन् । सौगात मल्ल पनि फिल्ममा अनुबन्ध छन् । तर, उनको अर्को फिल्मसँग सेड्युल जुध्ने भएपछि ‘कामिनो’मा नहुने सम्भावना प्रवल छ । यद्यपि, उनको सेड्युल मिलाउने प्रयासमा निर्माण टिम छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २६, शुक्रवार

बक्स अफिसको हिट मेशिन मानिने दीपकराज गिरी समुहले बाहिरी निर्माता तथा निर्देशकसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ । पहिलो पटक यो समुहले मुनाफाको हिस्सेदारीमा बाहिरी ब्यानरको फिल्म ‘छ माया छपक्कै’मा काम गरेको थियो । यही शैलीमा एकपटक फेरि दीपकराज समुहले एउटा बाहिरी टिमसँग सहकार्य गरेर फिल्म निर्माणको गृहकार्य गरिरहेको जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २६, शुक्रवार

शिष्ट तथा भलाद्मी अभिनेत्रीको छवि बनाएकी शिल्पा मास्केले बिहीबार सार्वजनिक फिल्म ‘परस्त्री’को ट्रेलरमा ‘सरप्राइज’ दिइन् । हुन त यसअघि सार्वजनिक पोस्टरले नै त्यसको संकेत गरेको थियो । ट्रेलरमा उनको केही ‘बोल्ड सिन’ समावेश छन्, जुन उनका लागि नयाँ प्रयोग हो । ट्रेलर हेर्दा फिल्मले उनको छवि बदल्न सक्ने लक्षण देखाउँछ । यो उनका लागि अवसर र चुनौती दुवै हो ।

Results : 3679 - 3684 of 23516