
अभिनेत्री मलिका महतले फिल्मी करिअर सुरु गरेको धेरै भएको छैन । उनको पहिलो फिल्म ‘यात्रा’ २०७५ सालमा आएको थियो । यसपछि ‘पानीफोटो’ र ‘अगस्त्य’मा काम गरेकी उनको चौंथो फिल्म ‘सतीदेवी’ आगामी भदौ ७ गते प्रदर्शनमा आउँदैछ । अघिल्ला तीन फिल्म उनीमा केन्द्रित थिएनन् । तर, ‘सतीदेवी’ उनकै काँधमा छ । त्यसैले मलिकालाई आफैंले फिल्म चलाउनुपर्ने दबाब छ ।

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक टिजरले फिल्मका शीर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम र समर्पणलाई दर्शाएको छ । माओवादी सशस्त्र विद्रोहले गाउँमा पारेको प्रभावलाई पनि टिजरको अन्तिममा देखाउन खोजिएको छ ।




मल्टीस्टारर फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु गरिएको छ । नाग पञ्चमीको अवसर पारेर शुक्रबार ललितपुरको भैसेँपाटीस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरेपश्चात् गोदाबरीबाट छायांकन थालिएको हो । पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । उनीहरुको लगभग एक दशकपछि फिल्ममा सहकार्य भएको हो ।

