Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2683 - 2688 of 24233
फिल्मीखबर, काठमाडौं, 2024-08-08, बिहिवार

सुपरस्टार राजेश हमालको ‘कमब्याक’ फिल्मको शीर्षक घोषणा गरिएको छ । बिहीबार एक थिम पोस्टरमार्फत् शीर्षक सार्वजनिक गरिएको हो । फिल्मको नाम ‘नरसिंहाः अवतार’ राखिएको छ । शीर्षकले नै फिल्म एक्सन प्रधान रहने बुझाउँछ । पोस्टरको एउटा भागमा निलो (समुद्रको रङ) र अर्कोतर्फ आगोको ज्वाला देख्न सकिन्छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-07, बुधवार

दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । तीन अभिनेताहरु खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेको फिल्ममा अब दुईजना अभिनेत्रीको प्रवेश भएको छ । केकी अधिकारी र उपासना सिंह ठकुरीलाई निर्माण टिमले मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-08-07, बुधवार

विवाह गरेपछि अभिनेत्रीको करिअर सुस्ताउँछ भन्ने परम्परागत भाष्य छ । केहीको हकमा यो देखिन्छ पनि । तर, वर्तमान पुस्ताका अभिनेत्रीहरुले यो भाष्यलाई गलत सावित गरेका छन् । यतिबेला नेपाली फिल्ममा ‘डिमान्डेड’ नै प्रायः विवाहित अभिनेत्रीहरु छन् । यसमा प्रियंका कार्की पनि पर्छिन् । विवाहपछि भलै उनले कम फिल्म गरिरहेकी छन् तर व्यस्ततामा कुनै पनि कमी आएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2024-08-07, बुधवार

अभिनेता रमित ढुंगानाले आफ्नो डेब्यु निर्देशनमा देशका शीर्ष नेताहरुलाई अभिनय गराएर फिल्म ‘नमेटिने घाउ’ तयार पारेका छन् । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका छन् । तर, उनीहरुको फिल्ममा केमियो मात्र छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-06, मंगलवार

अभिनेता गौरव पहारीले आफ्नो फिल्मी करिअरको एक दशकमा विभिन्न चरित्र निभाएका छन् । कुनैमा ‘लभर ब्वाई’ बने त कुनैमा राष्ट्रवादी चरित्र निर्वाह गरे । यही साउन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नम्बरी सुन’मा भने उनले कमेडीदेखि एक्सनसम्म गरेका छन् । यसैले काम गर्न पनि चुनौती भएको उनको अनुभव छ । एउटै पात्रमा दर्शकले फरक फ्लेवर पाउने उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-06, मंगलवार

अभिनयमा पारंगत मानिन्छिन्, सुरक्षा पन्त । ‘स्टेरियोटाइप’ हुनबाट धेरै हदसम्म जोगिएकी उनले लगभग हरेक फिल्ममा आफूलाई फरक चरित्रमा ढालेकी छन् । ‘आमा’मा छोरी र बुहारीको भूमिका होस् वा ‘बुलाकी’मा कर्णालीको दुःखी जीवन बाँचेको पात्र, उनले जुनसुकै भूमिकामा आफूलाई खरो र दह्रो रुपमा उतारेकी छन् । त्यसैले उनको चर्चा अक्सर अभिनयलाई नै लिएर हुने गरेको छ ।

Results : 2683 - 2688 of 24233
Most Visited News (monthly)