
यतिबेला करिअरको उचाइँमा छन्, दयाहाङ राई । अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’को सफलताले उनलाई नेपाली फिल्मकै सबैभन्दा ठूलो स्टारको रुपमा उभ्याएको छ । र, उनको नाम र अनुहारले नै फिल्म बिक्छ भन्ने विश्वास मेकरहरुमा देखिएको छ । यसैले अहिले उनलाई फिल्म अफरको बाढी नै छ । उनले पनि हप्ता-हप्तामै नयाँ फिल्म सम्झौता गरिरहेका छन् ।

अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बनेकी छन् । दुई वर्षअघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनलाई दोस्रो सन्तान पनि छोरी नै भएको छ । उनले दुई छोरीको तस्विर सामाजिक सञ्जालमा सेअर गर्दै खुसी साटेकी छन् । गरिमाले आइतबार बेल्जियमको अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी प्राप्त छ । पहिलो छोरी पनि उनले बेल्जियममा नै जन्म दिएकी थिइन् ।

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको टेक पौरखी राईद्वारा निर्देशित फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीमा केन्द्रित छ । उनीहरुको प्रेममा आउने उतार-चढाव र रोकावटलाई ट्रेलरमा देखाइएको छ ।

भुवन चैत्य बसुन्धारा फाउण्डेसनले दुई वर्ष (२०७८ र २०७९)को पुरस्कार एकसाथ वितरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमका बीच सञ्चारमन्त्री रेखा शर्माले फिल्मकर्मी र संगीतकर्मीलाई भुवन चैत्य बसुन्धारा पुरस्कारबाट सम्मानित गरेकी हुन् । सिभिल सेभिङ सहकारीमा फाउण्डेसनको १५ लाख रुपैयाँ फसेपछि दुई वर्ष पुरस्कार वितरण हुन सकेको थिएन ।

बलिउडका प्रायः सेलिब्रेटीका लागि बिदा मनाउने आकर्षक गन्तव्य बनेको माल्दिभ्स नेपाली सेलिब्रेटीहरुको पनि रोजाई बनिरहेको छ । बलिउडमा प्रवेश गर्न वर्षौंदेखि मुम्बईमा संघर्षरत अभिनेत्री अदिती बुढाथोकीको लागि त माल्दिभ्स पानी पँधेरो नै भैसकेको छ । उनी अक्सर ‘रिफ्रेस’ हुन माल्दिभ्स पुगेकी हुन्छिन् । र, त्यहाँको समुन्द्री किनारमा उनी आफूलाई नयाँ अवतारमा प्रस्तुत गर्छिन् ।

नेपाली फिल्ममा तीन दशक विताइसकेका निर्देशक शोभित बस्नेत आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आइरहेका हुन्छन् । केही वर्षअघि उनले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिले ठूलो विवाद निम्त्याएको थियो । यसको असर उनीद्वारा निर्देशित फिल्म ‘डाँडाको वर पीपल’लाई समेत परेको थियो । तर, विवादको डरले आफ्नो अभिव्यक्ति राख्न भने उनी डराउँदैनन् ।