Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2587 - 2592 of 23651
फिल्मीखबर, काठमाडौं, 2024-04-02, मंगलवार
फिल्मीखबर, काठमाडौं, 2024-04-02, मंगलवार

फिल्मको सफलता र असफलता दुवै कलाकारको हातमा हुँदैन । तर, यसले करिअरमा भने ठूलो अर्थ राख्छ । फिल्म सफल हुँदा करिअर सन्तुलित रहन्छ । फ्लपले संकटको अवस्थामा पुर्‍याउँछ । यसैले हरेक कलाकार फिल्मको सफलता नै चाहन्छन् । यसको अझ बढी दबाब ‘स्टार’ मानिएका कलाकारलाई हुन्छ । किनकि, फिल्म फ्लप हुँदा सिधै उनीहरुको स्टारडममाथि प्रश्न उठाइन्छ ।

एजेन्सी, काठमाडौं, 2024-04-02, मंगलवार

बलिउड सुपरस्टार सलमान खानको करिअरको एउटा महत्त्वपूर्ण फिल्म मानिन्छ, ‘नो इन्ट्री’ । लगातार फिल्म असफल भइरहेको समयमा यसले उनलाई ठूलो राहत दिएको थियो । २० करोडमा बनेको फिल्मले भारतमा मात्र ४४ करोडमाथि कमाएको थियो । अब यसको दोस्रो श्रृंखला बन्ने भएको छ । तर, सलमान भने नअट्ने भएका छन् । नयाँ ‘स्टारकास्ट’ लिएर फिल्म बन्न लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-04-01, सोमवार

दीपक-दीपाको समूहबाट अलग भएपछि अभिनेता जितु नेपाल स्वतन्त्र रुपमा बाहिरी फिल्ममा काम गर्दै आइरहेका छन् । गत वर्ष उनी अभिनीत फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको थियो भने चाँडै फिल्म ‘कार्साङ’मा काम गर्दैछन् । अब उनको पाइपलाइनमा अर्को फिल्म थपिएको छ । निर्देशक बसन्त निरौलाको आगामी फिल्म ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-04-01, सोमवार

यतिबेला नेपाली फिल्ममा एक्सनको ‘ट्रेन्ड’ देखिएको छ । धमाधम एक्सन कथावस्तुमा फिल्म बनिरहेका छन् । र, यस्ता फिल्मप्रति अभिनेत्रीहरुको समेत रुचि बढेको छ । रोमान्टिक र चुलबुले शैलीको भूमिकामा रुचाइएकी पूजा शर्मा पनि नयाँ फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । करिब तीन महिना अगाडि सार्वजनिक भएको टिजरमा उनको छरितो एक्सन देखिएको थियो ।

Results : 2587 - 2592 of 23651
Most Visited News (monthly)