
आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’बीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चलिरहेको छ । एक महिनाअघि एकै दिनमा एउटाको गीत र अर्कोको टिजर सार्वजनिक गरिएको थियो । यसपटक एकदिनको अन्तरमा यी दुई फिल्मको ट्रेलर सार्वजनिक भएका छन् । सोमबार ‘ऐंचो पैंचो’ र मंगलबार ‘गणपति’को ट्रेलर सार्वजनिक गरियो ।

सन् २०२० मा लोकप्रिय भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नातावाद (नेपोटिजम), कृपावाद, समुहवादको बहस व्यापक चर्किएको थियो । त्यसको बाछिट्टा नेपालमा समेत राम्रैसित देखियो । त्यसयता नेपाली कलाकारहरु यो विषयमा किस्ता-किस्तामा बहस गरिरहेका छन् । यसले प्रतिभावान कलाकारलाई पलायन हुन बाध्य बनाएको टिप्पणी हुने गर्छ ।

फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । अब ‘रङ्गेली’ शीर्षकमा फिल्म बन्ने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ । अब यो फिल्मको बक्स अफिसमा नवल खड्काद्वारा निर्देशित फिल्म ‘काँडेतार’सँग भिडन्त हुनेछ ।

नेपालमा प्रायः फिल्मको स्क्रिप्ट छायांकन नसकिँदासम्म सामान्य हेरफेर भैरहन्छ । कहिले निर्देशक र निर्माताको इच्छाले त कहिले कलाकारको दबाबले । स्क्रिप्टमा हेरफेर हुँदा कलाकारको रोल थपघट हुने भैहाल्यो । कसैको बढ्छ त कसैको खुम्चिन्छ । पोष्ट प्रोडक्सनमा पनि कैंची चल्ने हुँदा कलाकारले जुन रोलका लागि सम्झौता गरेका हुन्छन्, पर्दासम्म आइपुग्दा त्यो केमियो बन्न पुग्छ ।

अहिले राजनीतिक विषयवस्तुमा आधारित भएर फिल्म निर्माण हुने क्रम बढेको छ । यो सूचीमा आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐंचो पैंचो’ पनि थपिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलर राजनीतिलाई नै मियो बनाएर घुमेको छ । चुनावमा हुने रस्साकस्सी र युवाको राजनीतिमा उपस्थितिलाई चित्रण गरिएको छ ।
