Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2539 - 2544 of 23651
फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

कमर्शियल भ्यालु भएका फिल्मलाई प्राथमिकता दिँदै आएकी अभिनेत्री आँचल शर्माले पहिलोपटक फरक धारको फिल्म ‘एक मुठ्ठी बादल’मा काम गरेकी छन् । यो फिल्म उनकै काँधमा छ । यसै साता उनले फिल्मको सम्पूर्ण छायांकन भ्याएकी छन् । कास्कीको लामाचौर क्षेत्रमा २२ दिन लामो छायांकनपछि फिल्म ‘प्याकअप’ भएको हो । फिल्मको महत्त्वपूर्ण विधामा बहुसंख्यक महिला छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-04-13, शनिवार

नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । फिल्मले पहिलो दिन (शुक्रबार) देशभर २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गर्‍यो । शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ ।

फिल्मीखबर, काठमाडौंं, 2024-04-13, शनिवार

नयाँ वर्षको दिन पारेर फिल्म ‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपालको झन्डा र शान्तिको प्रतिक मानिने सेतो परेवालाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा पात्रहरुको मनोभाव दर्शाइएको छ । कलाकारहरु बुद्धि तामाङ, विल्सन विक्रम राई र विजय बराल गम्भीर भावमा चित्रित छन् भने रोशन श्रेष्ठ र आयुषा समाल अंगालोमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-04-12, शुक्रवार

आगामी बैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको सुरज सुनुवारद्वारा निर्देशित फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३८ सेकेण्ड लम्बाईको टिजरले मनमौजी जीवन बाँचिरहेको खजुरे पात्र (रेयर राई)लाई पछ्याएको छ । उसको प्रेम, मित्रता र संघर्षलाई टिजरमा रोचक शैलीमा देखाइएको छ । अभिनेत्री नीति शाह रेयरको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा प्रस्तुत छिन् ।

फिल्मीखबर, काठमाडौं, 2024-04-12, शुक्रवार

आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को टिजर सार्वजनिक गरिएको छ । नयाँ वर्ष (२०८१)को अवसर पारेर शुक्रबार युट्युबमा सार्वजनिक टिजरमा फिल्मका तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरु अञ्जना बराइली र परीक्षा लिम्बूको चरित्रचित्रण गरिएको छ ।

Results : 2539 - 2544 of 23651
Most Visited News (monthly)