मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2545 - 2550 of 22697
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ७, बिहिवार

यही भदौ २९ गते प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायालाई चिनो’ बोलको रोमान्टिक भावको गीतमा बाबुल गिरीको स्वर र संगीत रहेको छ भने शंकर अधिकारी ‘घायल’को शब्द रचना छ । गीतमा संकल्प भुजेलको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतको अडियो कर्णप्रिय छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ७, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ७, बिहिवार

एउटा कलाकारका लागि आफूले अभिनय गरेको फिल्म सन्तानजस्तै हुन्छ । अर्थात् अगाध प्रेम हुन्छ । नहोस् पनि किन ! फिल्मका लागि महिनौं समय दिइएको हुन्छ । चरित्र निर्माणमा मिहिनेत गरिएको हुन्छ । प्रचारमा उस्तै दौडधुप हुन्छ । यसैले कलाकारहरु फिल्म रिलिजको संघारमा हुँदा जति उत्साहित देखिन्छन्, त्यतिक्कै बेचैन पनि हुन्छन् । कति त पर्दामा आफूलाई हेर्न नै सक्दैनन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ७, बिहिवार

कुनै समय नेपाली फिल्ममा बलियो पकड बनाएकी सुपरस्टार रेखा थापा फिल्म ‘मालिका’ (२०७५)यता अभिनयमा सक्रिय थिएनन् । उनको सक्रियता राजनीतिमा बढी देखियो । अब उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘उपहार’मार्फत् ५ वर्षपछि अभिनयमा फर्किएकी छन् । बिहीबार पशुपतिनाथमा पूजाआजा गरेपश्चात् त्रिभुवन विमानस्थलको गेटबाट फिल्मको छायांकन थालिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ७, बिहिवार

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’ प्रिमियरमा रुचाइएको छ । बुधबार काठमाडौंको रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा फिल्मको छायांकन पक्षदेखि कलाकारको अभिनयसम्मको प्रशंसा भयो । अभिनेता हरिवंश आचार्यले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । उनले हरेक कलाकारहरुको अभिनय एकसेएक रहेको बताउँदै निर्देशन र छायांकनको प्रशंसा गरे ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ६, बुधवार

करिब ९ महिना अगाडि अभिनेता आकाश श्रेष्ठले आफ्नो जन्मदिन फ्यानहरुसँग मनाएका थिए । उनका फ्यानहरुले काठमाडौंको एउटा पार्टी प्यालेस नै रिर्जभ गरेर उनलाई हातमा सुनको सिक्रीदेखि कानमा मुन्द्रासम्म उपहार दिएका थिए । उनको जन्मदिनमा रमाउन फ्यानहरुको सानोतिनो मेला लागेको थियो । त्यसअघिका उनको बर्थडेमा पनि भीडभाड र सुनको उपहार टुटेको थिएन ।

Results : 2545 - 2550 of 22697