Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2545 - 2550 of 23496
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २४, बिहिवार

निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत बाल्यकालदेखि नै अभिनयमा सक्रिय छन् । अब शोभितकी छोरी सलिना बस्नेत पनि अभिनयमा आउने भएकी छन् । डकुड्रामा सिरिज ‘हामी छौं’बाट उनले अभिनयमा डेब्यू गर्न लागेकी हुन् । विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी यो ड्रामामा काम गर्न आगामी बैशाखमा नेपाल आउँदैछिन् । यसमा उनी स्वयंको निर्माण रहनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २४, बिहिवार

हतारोमा फिल्म बनाउने र रिलिज गर्ने नेपाली फिल्मकर्मीहरुको पुरानै रोग हो । पोष्ट प्रोडक्सनको काम नसकिँदै रिलिजको चटारोले फिल्ममा प्राविधिक कमजोरी देखिने गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’को पनि हतारमा काम गर्दा डबिङदेखि ब्याकग्राउन्ड म्यूजिकसम्म कमजोरी देखिएको थियो । रिलिजको अघिल्लो दिनसम्म पनि धेरै फिल्मको पोष्टको काम सकिएकै हुँदैन । अनि हतारमा काम गर्दा फिल्म विग्रिने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २३, बुधवार

गायिका समीक्षा अधिकारीले लगातार रुपमा फेसबुक स्टाटसमार्फत् अभिनेता पल शाहप्रति कटाक्ष गर्दै आइरहेकी छन् । यसपटक भने उनले अभिनेत्री पूजा शर्मालाई निशाना बनाएकी छन् । उनले बुधबार साँझ पूजाप्रति लक्षित गर्दै फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै स्टाटस लेखेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २३, बुधवार

कहिलेकाहीँ नेपाली फिल्म क्षेत्रमा उल्टो पानी बग्छ । निर्देशक नै निश्चित नभइ निर्माताले फिल्मको घोषणा गर्छन् । कलाकार समेत निर्माताले नै रोज्छन् । निर्माता र निर्देशकको जिम्मेवारी नै फरक हुन्छ । निर्माताले फिल्मको विभिन्न योजना बनाउने हो । कथा र चरित्रअनुसार कलाकार छनोट निर्देशकको काम हो । तर, अहिलेको ट्रेन्ड हेर्दा फिल्मको हरेक पक्षमा निर्माता हाबी भैरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २३, बुधवार

फिल्म ‘बेहुली फ्रम मेघौली’बाट अभिनेत्री स्वस्तिमा खड्काको अर्को परिचय थपिँदैछ । यसमा उनी निर्मात्री बनेकी छन् । उनलाई श्रीमान् तथा निर्देशक निश्चल बस्नेतले निर्माणमा सघाएका छन् । बुधबारबाट यो फिल्मको छायांकन सुरु गरिएको छ । चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मको सम्पूर्ण छायांकन यही गाउँमा गरिनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २३, बुधवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रेमगन्ज’ले तेज गिरीलाई सम्भावना बोकेको अभिनेताको रुपमा चिनायो । प्रेम वियोगमा विक्षिप्त चरित्रमा उनको अभिनय प्रशंसनीय थियो । यसपछि उनी धेरै मेकरको नजरमा परे । त्यसमध्ये एक थिए, ज्ञानेन्द्र देउजा । उनले फिल्म हेरिपछि ‘सँगै काम गर्नुपर्छ’ भनेका रहेछन् । त्यो संयोग फिल्म ‘उपहार’मा जुर्‍यो । जुन फिल्म यही शुक्रबार प्रदर्शन हुँदैछ ।

Results : 2545 - 2550 of 23496