Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2533 - 2538 of 23651
फिल्मीखबर, काठमाडौं, 2024-04-15, सोमवार

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’बाट डेब्यूको तयारीमा छिन् । बाल्यकालदेखि नै अमेरिका बस्दै आएकी उनी फिल्ममा काम गर्नका लागि गत चैत दोस्रो साता काठमाडौं आइसकेकी छन् । यतिबेला उनले फिल्मको वर्कसपसँगै जिममा वर्कआउट पनि गरिरहेको जानकारी प्राप्त छ । यही बैशाख अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-15, सोमवार

सन्तान हुर्किएपछि अभिनेत्री ऋचा शर्माको फिल्ममा पुनः व्यस्तता बढेको छ । गत वर्ष तीनवटा फिल्ममा काम गरेकी उनको यस वर्षको सुरुवात फिल्म ‘सारंग’बाट भएको छ । उनले आइतबारबाट फिल्मको छायांकन सुरु गरेकी हुन् । कोटेश्वरस्थित कान्जिरोवा स्कुलमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको सुटिङ सेड्युल एक महिनाको राखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

नयाँ वर्ष २०८१ को साइत पारेर शुक्रबारबाट प्रदर्शनमा आएको ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । वितरक प्रचण्डमान श्रेष्ठले दुई दिनमा फिल्मले ३ करोड ६ लाख कमाई गरेको दाबी गरे । उनका अनुसार, पहिलो दिन (शुक्रबार) ९८ लाख र दोस्रो दिन अर्थात् नयाँ वर्ष (शनिबार) २ करोड ८ लाखको व्यापार भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म हो, ‘महाजात्रा’ । अर्थात् रिलिजको हिसाबले चार हप्ता भैसकेको छ । तर, फिल्मप्रति दर्शकको आकर्षण अझै कम भएको छैन । काठमाडौं र मोफसल दुवैतिर फिल्म हेर्ने दर्शकको चाप उल्लेख्य देखिएको छ । नयाँ वर्षमा त धेरै हलमा फिल्मको टिकट नै हाहाकार भएको थियो । बिहानदेखि रातिसम्मका अधिकांश शोज हाउसफुल भएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

सुपरस्टार सलमान खानलाई पटक-पटक ज्यान मार्ने धम्की आइरहेको छ । यसैले लामो समयदेखि उनी उच्च सुरक्षाको घेरामा छन् । यसका बावजूद आइतबार बिहान (करिब ५ बजे) उनको घर (ग्यालेक्सी अपार्टमेन्ट)बाहिर मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड ‘फायरिङ’ गरेपछि यतिबेला त्यहाँको माहोल तनावग्रस्त देखिएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-14, आईतवार

पछिल्लो समय फिल्मका गीतहरु ज्यादै कम रुचाइएका छन् । वर्षमा आधा दर्जन गीत पनि चर्चामा आउँदैनन् । र, अक्सर गीतको समस्या अडियोमै देखिन्छ । भिडियोमा तामझाम देखिए पनि अडियो कमजोर हुँदा गीतहरु दर्शकको रोजाईमा पर्न सकेका छैनन् । जसले गर्दा गीतमाथिको लगानी डुबिरहेको छ । यद्यपि, वर्षमा केही फिल्मका गीतले बजारमा राम्रो हलचल ल्याउने गरेका छन् ।

Results : 2533 - 2538 of 23651
Most Visited News (monthly)