
कुनै समयका हिरो र अहिलेका निर्माता तथा वितरक गोविन्द शाहीले अब विदेशी फिल्म वितरणमा हात हालेका छन् । करिब दुई दशकदेखि नेपाली फिल्म वितरणमा सीमित रहेका उनले दुई बलिउड फिल्म ‘ड्रिम गर्ल २’ र ‘घूमर’को नेपाल प्रदर्शन अधिकार लिँदै विदेशी फिल्म वितरणमा आफ्नो कदम राखेका हुन् । दुवै फिल्म एक हप्ताको अन्तरमा भारतसँगै नेपालमा प्रदर्शन हुँदैछन् ।

पहिलो फिल्मदेखि नै लभर गर्लको रुपमा प्रस्तुत हुँदै आएकी अभिनेत्री पूजा शर्मा पहिलो पटक फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा देखिँदैछिन् । दुई हप्ता एक्सनको तालिम लिएपछि उनी फिल्मको छायांकनमा जोडिएकी थिइन् । यतिबेला काठमाडौंको नैकापमा तयार पारिएको सेटमा एक्सनयुक्त क्लाइमेक्स दृश्यको छायांकन भैरहेको छ । जसमा पूजा ‘एक्सन लेडी’को रुपमा प्रस्तुत छिन् ।

भनिन्छ नि, ‘जोगले हुन्छ भेट ।’ करिब २ दशकअघिको ब्लकबस्टर फिल्म ‘हामी तीन भाई’ जोडीको भेट पनि यसरी नै भएको छ । फिल्ममा तीन जोडी थिए, राजेश हमाल-रेखा थापा, श्रीकृष्ण श्रेष्ठ-झरना थापा र निखिल उप्रेती-नन्दिता केसी । यी तीन जोडीमध्ये निखिल र नन्दिताको भेट करिब एक दशकपछि अमेरिकाको न्यूयोर्क शहरमा भएको छ । त्यो पनि एक अवार्डको सिलसिलामा ।

सोमबार फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर रिलिज कार्यक्रममा उद्घोषक नरेश भट्टराईले स्वस्तिमा खड्कालाई ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गरे । नरेश उनै हुन्, जसले अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’को उपाधि दिएका थिए । स्वस्तिमालाई उनले ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गर्नुको पछाडि उनी एक्लैले आफ्नो काँधमा फिल्म बोक्न सक्छिन् भन्ने अर्थ लुकेको छ ।

फिल्म बनाउनभन्दा कठिन हुन्छ फिल्म बेच्न । अर्थात् चलाउन । लक्षित दर्शकसम्म फिल्मबारे जानकारी पुर्याउन अहिले सानोतिनो खर्च, मिहिनेत र समयले पुग्दैन । त्यसका लागि केही फरक शैलीको प्रचार अपनाउनुपर्ने हुन्छ । केही समययता नेपाली फिल्मको प्रचार गर्ने थलो कि रियालिटी शो कि त कलेज बनिरहेको छ । कलेजका विद्यार्थीलाई फकाएर हलमा तान्ने ध्येयमा मेकरहरु छन् ।

फिल्म निर्देशन चुनौतीपूर्ण जिम्मेवारी हो । फिल्म कस्तो बन्ने र बनाउने निर्देशकमा निर्भर हुन्छ । एकहिसाबले फिल्मको भाग्य लेख्ने नै निर्देशकले हो । यसैले त निर्देशकलाई ‘क्याप्टेन अफ दि सिप’ भनिन्छ । किनभने, जहाज क्याप्टेनको सुझबुझपूर्ण निर्णय चल्छ अनि फिल्म निर्देशकको सोचले बन्छ । यी दुवैले खुट्टा कमाए भने ठूलो दुर्घटना हुन पुग्छ । यसबाट बच्न पर्याप्त अनुभव चाहिन्छ ।