Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2521 - 2526 of 24086
फिल्मीखबर, काठमाडौं, 2024-08-12, सोमवार

फिल्म ‘छक्का पञ्जा ४’मा काम गर्नुभन्दा अगाडि अभिनेत्री बेनिशा हमालको करिअर संकटग्रस्त थियो । श्रृंखलाबद्ध रुपमा उनका फिल्म असफल भैरहेका थिए । जसले गर्दा अभिनयको प्रशंसाका बावजूद उनी आफ्ना समकालीन अभिनेत्रीभन्दा ओझेलमा परेकी थिइन् । तर, ‘छक्का पञ्जा ४’को सफलताले उनको करिअरलाई नै गति दिएको छ । फिल्ममा उनको माग बढ्न थालेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-11, आईतवार

आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘वर एन्ड वधु’को तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमध्ये दुईवटामा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य चित्रित छन् । एउटामा दुवै आमने-सामने भएर प्रेमिल भावमा देखिएका छन् भने अर्कोमा आँचललाई विवेकले काँधमा बोकेका छन् । यी दुई पोस्टरले उनीहरुको सम्बन्धलाई दर्शाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-11, आईतवार

बसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’लाई यस वर्षको तिहारमा रिलिजको तयारी गरिएको छ । तर, प्रदर्शन मिति भने घोषणा हुन बाँकी छ । यतिबेला पोस्ट प्रोडक्सनमा रहेको फिल्मको यसै साता रोमान्टिक गीत रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ गीतमा निशान भट्टराई र समिक्षा अधिकारीले स्वर भरेका छन् भने यादव लम्सालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-11, आईतवार

अभिनेत्री मलिका महतले फिल्मी करिअर सुरु गरेको धेरै भएको छैन । उनको पहिलो फिल्म ‘यात्रा’ २०७५ सालमा आएको थियो । यसपछि ‘पानीफोटो’ र ‘अगस्त्य’मा काम गरेकी उनको चौंथो फिल्म ‘सतीदेवी’ आगामी भदौ ७ गते प्रदर्शनमा आउँदैछ । अघिल्ला तीन फिल्म उनीमा केन्द्रित थिएनन् । तर, ‘सतीदेवी’ उनकै काँधमा छ । त्यसैले मलिकालाई आफैंले फिल्म चलाउनुपर्ने दबाब छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-10, शनिवार

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक टिजरले फिल्मका शीर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम र समर्पणलाई दर्शाएको छ । माओवादी सशस्त्र विद्रोहले गाउँमा पारेको प्रभावलाई पनि टिजरको अन्तिममा देखाउन खोजिएको छ ।

फिल्मीखबर डटकम, काठमाडौं, 2024-08-09, शुक्रवार
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली फिल्म 'अञ्जिला'को रिलिज मिति सारिएको छ। माघ ११ गते प्रदर्शनमा ल्याउने योजना गरिएको यो फिल्म अब फागुन २९ गतेदेखि सिनेमाघरमा आउनेछ।
Results : 2521 - 2526 of 24086