
घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘लण्डन टू पेरिस’को पहिलो रोमान्टिक गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता निश्चल खड्का फिचर्ड छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । यस गीतमा हर्कुलस बस्नेतको शब्द रचना, संगीत तथा स्वर छ ।

सुपरस्टार सलमान खानलाई बलिउडमा ईदको पर्याय मानिन्छ । किनकि, उनका अक्सर फिल्म ईदमा नै रिलिज हुन्छन् । र, बक्स अफिसमा ठूलो रेकर्ड बनाउँछन् । तर, यसपटकको ईदमा उनको फिल्म छैन । यसैले बलिउडमा माहोल पनि सुखद् देखिएको छैन । यद्यपि, ईदमा दुई ठूला फिल्म ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ प्रदर्शन हुँदैछ । तर, दुवै फिल्मको माहोल निराशाजनक छ ।

यस वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका हुन् । कविको रुपमा परिचित उनलाई पहिलो फिल्मले नै सफलता दिलायो । उनलाई यतिबेला ‘जारी २’ बनाउन वितरकदेखि हल सञ्चालकसम्मको ठूलो दबाब छ । सिक्वेलभन्दा पनि नयाँ नाम र कथामा फिल्म बनाउनुपर्छ भन्ने मान्यता राख्ने गरेका उनी अन्ततः ‘जारी’को सिक्वेल बनाउने निर्णयमा पुगेका छन् ।

अभिनेत्री आँचल शर्माका लागि यस वर्ष (२०८०)को सुरुवात निराशाजनक बन्यो । बैशाखमा रिलिज भएको चर्चित फ्रेन्चाइज फिल्म ‘नाईँ नभन्नू ल’को छैटौं श्रृंखला असफल बनेको थियो । यसको नतिजा उनका लागि अनपेक्षित थियो । अब यस वर्षका लागि उनको अन्तिम फिल्म ‘डिग्री माइला’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले वर्षको अन्त्य सुखद् गराउने उनको विश्वास छ ।

अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आइसकेको छैन । जसले गर्दा उनको कामको मुल्यांकन हुन बाँकी छ । तर, उनलाई लिएर फिल्म बनाउन मेकरहरुबीच भने प्रतिस्पर्धा नै चलिरहेको छ । गत महिना उनले फिल्म ‘रुखान’ सम्झौता गरिन् । निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्ममा पनि उनले काम गर्ने चर्चा छ । फिल्म ‘बलिदान’मा पनि उनको सम्भावना प्रवल छ ।

बाल्यकालमै गायनमा उचाइँ चुमेका प्रेम परियार फिल्म ‘पर्खि बसे फर्की आउनेछु’बाट हिरो बनिसकेका छन् । ५ वर्ष अगाडि नै यो फिल्म निर्माण भएको हो । तर, सार्वजनिक प्रदर्शनमा आउन सकेको छैन । शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति हलमा फिल्मको विशेष शो आयोजना गरिएको थियो । फिल्मकर्मी तथा अन्य व्यक्तिले अभिनयको तारिफ गर्दा प्रेम खुसी देखिएका थिए ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

