
ठूलो चर्चाका बीच यही शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’को बिहीबार ललितपुरको लबिम मलमा प्रिमियर राखिएको थियो । जहाँ फिल्मलाई मिश्रित प्रतिक्रिया मिल्यो । फिल्मकर्मीहरुले खुलेर तारिफ गर्दा पत्रकारहरुले कथावाचन शैली र प्राविधिक पक्षमा कयैन् प्रश्न उठाएका थिए । प्रिमियरमा फिल्म अत्याधिक ‘डार्क’ देखिएको थियो भने ‘ब्याकग्राउन्ड म्यूजिक’ दबिएको थियो ।

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘रङ्गेली’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले शीर्षकमा आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । रङ्गेली सहरको नाममा फिल्म बनेकाले त्यस नगरपालिकाको सहमति पत्र पेश भएपछि मात्र सेन्सर प्रमाणपत्र दिने बोर्डको निर्णयपछि चौतर्फी विरोध भएको थियो । अन्ततः बोर्डले विरोध झेल्न सकेन र प्रमाणपत्र दियो ।

यस वर्ष अभिनेत्री ऋचा शर्माले लगालग फिल्ममा काम गरिरहेकी छन् । दशैंअघि निर्देशक दीपक रौनियारको फिल्म ‘राजागञ्ज’को छायांकन पूरा गरेकी उनले त्यसपछि निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला’मा काम गरेकी थिइन् । अब उनी निर्देशक दीपेन्द्र के. खनालको फिल्म ‘मेयर’मा आबद्ध भएकी छन् । मंगलबारबाट ऋचा छायांकनमा जोडिएको निर्देशक खनालले बताए ।

बलिउडमा अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा ठूलो विभेद देखिन्छ । एउटा चल्तीको अभिनेताले सय करोड पारिश्रमिक बुझ्दा अभिनेत्रीले १० करोड पनि पाउँदैनन् । यद्यपि, केही अभिनेत्रीहरुको पारिश्रमिकमा वृद्धि भैरहेको छ । एउटा फिल्मबापत ४ देखि ८ करोडसम्म पारिश्रमिक लिने गरेकी अभिनेत्री कियारा आडवाणीले नयाँ फिल्म ‘डन ३’मा करिअरकै उच्च पारिश्रमिक पाएकी छन् ।

यही फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक भएपछि अभिनेता प्रवीण खतिवडाको एक डाइलग चर्चामा छ । ‘चौंथो काल, मानबहादुर ढकाल’ भन्ने उनको डाइलग ट्रेलरमा सशक्त लाग्छ । यो डाइलगले उनको चरित्र सन्की स्वभावको रहेको बुझाउँछ । ‘इन्स्पेक्टर’को भूमिकामा अभिनय गरेका उनी आफ्नो चरित्र फिल्मी शैलीको रहेको दाबी गर्छन् । अनुशासनमा नबस्ने किसिमको भूमिका आफूले निभाएको उनको भनाई छ ।

नेपालमा सिक्वेल र सिरिज फिल्म सर्वाधिक सफल छन् । ‘कबड्डी’को चौंथो श्रृंखलाले बक्स अफिसमा २२ करोडको रेकर्ड बनाएको छ भने ‘छक्का पञ्जा’का चार श्रृंखलाले पनि उच्च कमाई गरेका छन् । तर, लगातार सफल फिल्म दिइरहेको ‘जात्रा’ समूहलाई भने १० करोडको आँकडा छुन पनि हम्मेहम्मे छ । यो समुहको पछिल्लो फिल्म ‘महापुरुष’ पनि ८ करोड हाराहारीमा टुंगिएको थियो ।

