Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2527 - 2532 of 24086
फिल्मीखबर डटकम, काठमाडौं, 2024-08-09, शुक्रवार
संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'ह्रस्व दीर्घ'को पहिलो गीत सार्वजनिक गरिएको छ। नाग पञ्चमीको अवसरमा सार्वजनिक भएको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा नायिका निता ढुंगाना र नायक हरिहर अधिकारी फिचर्ड छन्। गीतले दर्शकहरूलाई उत्साहित बनाएको छ।
फिल्मीखबर, काठमाडौं, 2024-08-09, शुक्रवार
नेपाली फिल्म 'रावायण'को दोस्रो पोस्टर सार्वजनिक भएको छ। आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा नायक पल शाह र नायिका पूजा शर्मा प्रमुख भूमिकामा देखिएका छन्। पोस्टरमा पल शाहलाई गम्भीर भावमा प्रस्तुत गरिएको छ, भने पूजा शर्मा आक्रोशित मुद्रामा देखिएकी छन्, जसले फिल्मको कथावस्तुलाई सङ्केत गर्दछ।
फिल्मीखबर, काठमाडौं, 2024-08-09, शुक्रवार

मल्टीस्टारर फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन सुरु गरिएको छ । नाग पञ्चमीको अवसर पारेर शुक्रबार ललितपुरको भैसेँपाटीस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरेपश्चात् गोदाबरीबाट छायांकन थालिएको हो । पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । उनीहरुको लगभग एक दशकपछि फिल्ममा सहकार्य भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-08-09, शुक्रवार

नेपालमा प्रदर्शनपचात् फिल्म ‘घरज्वाइँ’ले विदेशको फन्को लगाउन सुरु गरिसकेको छ । अमेरिका, डेनमार्क जस्ता देशपछि अब जापानमा फिल्मलाई प्रदर्शन गरिने भएको छ । आगामी आइतबार (अगस्ट ११) जापानको राजधानी टोकियोमा फिल्मको पहिलो प्रदर्शन हुन लागेको निर्माता जनक घर्ती मगरले जानकारी दिए । जापानभरि नेपाल मगर संघ जापानले फिल्मलाई प्रदर्शन गर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-09, शुक्रवार

कुनै बेला महिलाप्रधान फिल्म विरलै बन्थे । अभिनेत्रीलाई केन्द्रमा राखेर फिल्म बनाए सफल नै हुँदैन भन्ने भाष्य बनेको थियो । तर, यतिबेला सिनारियो अलग छ । केही वर्षयता महिला केन्द्रित फिल्मले बक्स अफिसमा चमत्कारी व्यापार गरिरहेका छन् । चाहे त्यो ‘झिँगेदाउ’ होस् अथवा ‘बोक्सीको घर’ । यसैले यतिबेला महिलाको कथामा आधारित फिल्महरु श्रृंखलाबद्ध रुपमा आइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-08-09, शुक्रवार

वर्षातका बावजूद पनि साउन महिनामा फिल्मको खडेरी देखिएको छैन । हरेक हप्ता फिल्म रिलिज भैरहेका छन् । तर, व्यापारमा भने खडेरी नै देखिन्छ । साउन पहिलो र दोस्रो हप्ता आएका फिल्म (ईश्वर र मोदीबेनी)ले पोस्टर छपाईको पनि पैसा उठाएनन् । अब साउनका लागि तेस्रो फिल्मको रुपमा ‘नम्बरी सुन’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मले सोलो रिलिज पाएको छ ।

Results : 2527 - 2532 of 24086