मिति : २०८२ ज्येष्ठ १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2527 - 2532 of 22650
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३२, बिहिवार

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको टेक पौरखी राई निर्देशित लभस्टोरी फिल्म ‘जय हो’को रोमान्टिक भावको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सपनाको वेडिङ्ग’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता सलोन बस्नेतको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा उनी स्वयं रिसाएकी प्रेमिका केकी अधिकारीलाई गीत गाएर फकाइरहेको अवस्थामा चित्रित छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३२, बिहिवार

खलपात्रको भूमिकामा अक्सर खोजिने कलाकार हुन्, प्रमोद अग्रहरी । यद्यपि, उनी कमै फिल्ममा झुल्किन्छन् । तर, जुन फिल्ममा काम गर्छन्, अभिनयको प्रशंसा टुट्दैन । उनी अब सुपरस्टार अनमोल केसीसँग फिल्म ‘रावायण’मा देखिने भएका छन् । फिल्ममा उनी भिलेनको भूमिकामा भित्रिएको हुनसक्ने आँकलन गरिएको छ । तर, निर्माण पक्षले यो विषयमा कुनै जानकारी गराएको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३२, बिहिवार

दुई फिल्म ‘अलविदा’ र ‘रोमियो’का निर्माता तथा अभिनेता हसनराजा खान अब आफैं फिल्म निर्देशनमा उत्रने भएका छन् । यसै हप्ता अमेरिकाको न्यूयोर्कमा आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनले आफ्नो निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रस्थान’को औपचारिक निर्माण घोषणा गरेका हुन् । वैदेशिक रोजगारीको कथामा आधारित भएर फिल्म बन्ने उनले बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३२, बिहिवार

तर, निर्माता सुनिल कुमार थापा फिल्म निर्धारित मितिमै प्रदर्शन हुने दाबी गर्छन् । उनी एकपटक प्रदर्शन मिति हेरफेर गर्ने कि भन्ने मनस्थितिमा भने पुगेका थिए । एक हप्ताअघि आउने ठूलो हिन्दी फिल्म र भदौ २९ मा अर्को नेपाली फिल्मसँग भिड्नुभन्दा आफ्नो फिल्मलाई पछाडि सार्ने विषयमा उनले वितरकसँग छलफल गरेका थिए । तर, अब फिल्मले भदौ २९ नछाड्ने निश्चित भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३१, बुधवार

कुनै समयका हिरो र अहिलेका निर्माता तथा वितरक गोविन्द शाहीले अब विदेशी फिल्म वितरणमा हात हालेका छन् । करिब दुई दशकदेखि नेपाली फिल्म वितरणमा सीमित रहेका उनले दुई बलिउड फिल्म ‘ड्रिम गर्ल २’ र ‘घूमर’को नेपाल प्रदर्शन अधिकार लिँदै विदेशी फिल्म वितरणमा आफ्नो कदम राखेका हुन् । दुवै फिल्म एक हप्ताको अन्तरमा भारतसँगै नेपालमा प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३१, बुधवार

पहिलो फिल्मदेखि नै लभर गर्लको रुपमा प्रस्तुत हुँदै आएकी अभिनेत्री पूजा शर्मा पहिलो पटक फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा देखिँदैछिन् । दुई हप्ता एक्सनको तालिम लिएपछि उनी फिल्मको छायांकनमा जोडिएकी थिइन् । यतिबेला काठमाडौंको नैकापमा तयार पारिएको सेटमा एक्सनयुक्त क्लाइमेक्स दृश्यको छायांकन भैरहेको छ । जसमा पूजा ‘एक्सन लेडी’को रुपमा प्रस्तुत छिन् ।

Results : 2527 - 2532 of 22650