Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2515 - 2520 of 23805
एजेन्सी, काठमाडौं, 2024-05-28, मंगलवार
फिल्मीखबर, काठमाडौं, 2024-05-28, मंगलवार

फिल्म ‘फर्की फर्की’बाट सुपरस्टार अनमोल केसीले अघिल्लो फिल्म ‘छड्के २’बाट गुमेको स्टारडम फर्काएपछि अब उनकै फिल्म ‘ड्रिम्स’बाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई पनि आफ्नो नयाँ फिल्म ‘लण्डन टू पेरिस’बाट स्टारडम ‘रिन्यू’ गर्नुपर्ने चुनौती रहेको टिप्पणी भैरहेको छ । अघिल्ला केही फिल्महरु असफल हुँदा उनको करिअरलाई नै प्रत्यक्ष रुपमा असर पारेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-28, मंगलवार

आगामी साउन ११ गते अर्थात् जुलाई २६ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर मंगलबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाह प्रस्तुत छन् । दुवै रोमान्टिक भावमा देखिएका छन् । अनु र पृथ्वीले यो फिल्मबाट करिब ५ वर्षपछि कमब्याक गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-27, सोमवार

अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा फिल्मकर्मीहरुले ठूलो अपेक्षा राखेका थिए । नजिकबाट फिल्म क्षेत्रको समस्या बुझेका उनले सम्झनलायक काम गर्ने विश्वास धेरैमा थियो । तर, उनको कार्यकाल विवादले बढी सम्झिने बनेको छ । उनी बोर्डको अध्यक्षमा नियुक्त भएदेखि सुरु भएको विवादको श्रृंखला उनको कार्यकाल अन्तिम घडीमा आइपुग्दा पनि यथावत् नै छ । 

फिल्मीखबर, काठमाडौं, 2024-05-27, सोमवार

म्यूजिक भिडियोबाट उदाएका अभिनेता पल शाहको युवापुस्तामा जबर्जस्त क्रेज छ । उनी छायांकन हुँदा होस् वा महोत्सवमा पुग्दा देखिने क्रेज लोभलाग्दो हुन्छ । उनका फिल्म रिलिज हुँदा हलमा पनि दर्शकहरुको राम्रै चहलपहल देखिन्छ । यतिबेला प्रदर्शनरत फिल्म ‘पूजार सार्की’बाट पनि उनले आफ्नो स्टारडम देखाएका छन् । उनलाई हेर्नकै लागि ठूलो मात्रामा दर्शक हल पुगेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-27, सोमवार

लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री मलिका महत बच्चालाई स्तनपान गराइरहेको अवस्थामा चित्रित छन् । उनी गम्भीर भावमा देखिएकी छन् । उनको छेवैमा दुई बाल कलाकार हर्षिका वली र मन्जिला बाँनियाँ रोइरहेको अवस्थामा प्रस्तुत छन् । पात्रहरुको मनोदशा दर्शाउने यो पोस्टर अर्थपूर्ण छ ।

Results : 2515 - 2520 of 23805