मिति : २०८२ ज्येष्ठ १५, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2509 - 2514 of 22646
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ४, सोमवार

आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । चार मिनेटको ट्रेलर पूरापूर राजनीतिक विषयमा केन्द्रित छ । चुनावी मैदानमा उत्रिएका पासाङ तामाङ (दयाहाङ राई) र जरी लामा (शिशिर वाङ्देल)बीच चुनावमा हार्ने व्यक्तिले सर्वाङ्ग नाङ्गो भएर घर जानुपर्ने सर्त छ । र, दुवै चुनाव जित्ने रणनीतिमा छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ४, सोमवार

निर्देशक शोभित बस्नेत विवादलाई काखी च्यापेर हिँड्ने गर्छन् । उनी बोल्यो कि विवाद जन्मियो । कहिले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिले होस् त कहिले स्टार कलाकारप्रति गरेको कटाक्षले उनी विवादको घेरामा रहँदै आएका छन् । र, उनलाई विवादले फरक पनि पार्दैन । बरु, शोभित विवादमा मस्त रमाउने पात्रमा पर्छन् । उनलाई रुचाउने र उछित्तो काट्ने दुवैथरी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ४, सोमवार

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले ‘छक्का पञ्जा’पछि अब सुपरहिट फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माण गर्ने भएको छ । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्मको अहिले कथा लेखनको काम भैरहेको छ । ‘वडा नम्बर ६’को कथाको निरन्तरताको रुपमा फिल्म बन्ने जनाइएको छ । आगामी मंसिरबाट छायांकन सुरु हुने फिल्मलाई आगामी नयाँ वर्षमा रिलिज गरिने तयारी छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ४, सोमवार

भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’लाई लिएर यदि कसैको सबैभन्दा ठूलो आशा छ भने त्यो सलोन बस्नेत र केकी अधिकारीलाई छ । यो फिल्म व्यावसायिक रुपमा सफल भैदिए दुवैको करिअरले नयाँ काँचुली फेर्नेछ । फिल्म नै उनीहरुले निर्वाह गरेको चरित्रमा केन्द्रित छ । त्यसैले प्रचारमा दुवै गजबले खटिरहेका छन् । फिल्ममा उनीहरु जोडीको रुपमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ३, आईतवार

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको गुत्थी अझै सुल्झिन सकेको छैन । प्रहरीले अनुसन्धान भैरहेको दाबी गरिरहेको भए पनि उपलब्धि शून्य छ । प्रायः सेलिब्रेटीहरुले सारुकलाई आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने आशंका गरेका छन् । यसैले सारुकको निधनपछि केही दिन गम्भीर अनुसन्धान गर्नुपर्ने चर्को माग उठ्यो । तर, अहिले सबै ‘तैं चुप, मैं चुप’को अवस्थामा छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ३, आईतवार

नेपाली फिल्मका लागि यस वर्षको भदौ महिनालाई विशेष रुपमा हेरिएको छ । गत बैशाखमा ‘जारी’ र असारमा ‘बगान’बाहेक कुनै फिल्मले अपेक्षाकृत व्यापार नगरेकाले यो महिनामा सम्भावना बोकेका केही फिल्म प्रदर्शन हुँदैछन् । तर, भदौ महिनाको सुरुवात भने निराशाजनक देखिएको छ । भदौ १ गते प्रदर्शनमा उत्रिएका दुई फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ले हलमा घुँडा टेकेका छन् ।

Results : 2509 - 2514 of 22646