Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2509 - 2514 of 23651
फिल्मीखबर, काठमाडौं, 2024-04-21, आईतवार

नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण सम्पन्न भएको छ । यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको महोत्सवमा फिल्म प्रदर्शनपछि १६ विधामा अवार्ड प्रदान गरियो । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ले उत्कृष्ट फिल्मसहित पटकथा र अभिनेत्री (जुरी मेन्सन अवार्ड) गरी तीन विधामा अवार्ड जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गर्दा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भए ।

फिल्मीखबर, काठमाडौं, 2024-04-21, आईतवार

गत वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि तथा आख्यानकार उपेन्द्र सुब्बाले दोस्रो फिल्मको रुपमा ‘मनसरा’ बनाएका छन्, जुन यही बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘जारी’लाई लिम्बू समुदायमा प्रचलित जारी प्रथामा आधारित भएर बनाएका उनले ‘मनसरा’मा अन्तरजातीय सम्बन्धको कथा उठान गरेका छन् । ट्रेलर रिलिजपछि फिल्मप्रति धेरैको अपेक्षा बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-20, शनिवार

साउथ सुपरस्टार ज्योतिका सरवनले यसै साता ट्रेकिङमार्फत् सगरमाथा क्षेत्रको भ्रमण गरेकी छन् । साथीहरुसहित नेपाल आएकी उनी काठमाडौं हुँदै हवाई उडानमार्फत् लुक्ला क्षेत्र (सगरमाथा प्रवेशद्वार) ओर्लिएकी थिइन् । त्यसपछि ट्रेकिङ गर्दै उनी सगरमाथा बेसक्याम्प पुगिन् । दश दिन नेपालमा विताएकी उनले यात्राको क्रममा खिचेका तस्वीर र भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

काठमाडौं, काठमाडौं, 2024-04-19, शुक्रवार

आगामी शुक्रबार अर्थात् बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’ यतिबेला ट्रेलर र ‘बुझिनँ मैले’ गीतका कारण चर्चा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारमा पनि फरक शैली अपनाएको छ । सेलिब्रेटीहरुलाई फिल्मको नाम अंकित केक कोसेली पठाइएको छ भने हल-हलमा ‘बोक्सी हराएको सूचना’ राख्दै दर्शकहरुको ध्यान आकर्षित गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-19, शुक्रवार

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले एक सातामा ५ करोडमाथि ग्रस व्यापार गरेको दाबी गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मले ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख कमाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-19, शुक्रवार

‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र शान्ति श्री परियारको युगल स्वर छ ।

Results : 2509 - 2514 of 23651
Most Visited News (monthly)