Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2503 - 2508 of 23496
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ४, आईतवार

नेपालमा फागुन २५ गतेदेखि प्रदर्शनरत फिल्म ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ । युसुफ शेखले नेतृत्व गरेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेको हो । यसका लागि हिन्दी अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी गराए । भारतका एक सयभन्दा बढी सिनेमा हलमा फिल्म रिलिज हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ३, शनिवार

अभिनेत्री दीपिका प्रसाईं आमा बन्दैछिन् । चिकित्सकले उनलाई आगामी बैशाख पहिलो साताको ‘डेलिभरी डेट’ दिएका छन् । चार वर्षअघि निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी उनले गत मंसिरमा फिल्म ‘मायावी’को छायांकन सकाएकी थिइन् । गर्भावस्थामै उनले यो फिल्मको छायांकन गरेकी हुन् । दीपिका र दीवाकर पहिलो सन्तानलाई स्वागत गर्न आतुर देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २, शुक्रवार

‘नेपाल–युरोपियन यूनियन फिल्म फेस्टिभल’को १३औं संस्करण यही चैत ७ गतेदेखि १० गतेसम्म आयोजना हुने भएको छ । शुक्रबार लाजिम्पाटस्थित ‘डेलिगेसन अफ द युरोपियन यूनियन टु नेपाल’को कार्यालयको कार्यालयमा पत्रकार सम्मेलनमार्फत् फेस्टिभलको बारेमा जानकारी गराइयो । युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेटले नेपालसँग दौत्य सम्बन्ध स्थापनाको ५० वर्षको छेको भएकाले यसपटकको संस्करण महत्वपूर्ण हुने बताइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २, शुक्रवार

घोषणाको ५ वर्षपछि निर्देशक ऋषिराज आचार्यले फिल्म ‘द्रौपदी’को छायांकन सुरु गरेका छन् । बिहीबार डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभमुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । महिलाप्रधान विषयमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको कथा, पटकथा तथा संवाद छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गर्दै फिल्म निर्माण गरिने उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २, शुक्रवार

बिहीबारदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण काठमाडौंमा सुरु भएको छ । महोत्सवमा ४० देशका ८८ फिचर, लघु र वृत्तचित्र प्रदर्शनसँगै विभिन्न छलफल सत्र पनि आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालले करिब २ घण्टा फिल्म र अन्य विषयमा केन्द्रित भएर संवाद गरे ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २, शुक्रवार

यतिबेला ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म हो, ‘पूजार सार्की’ । यसमा तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गरेका छन् । जातीय विभेदविरुद्धको कथामा आधारित यो फिल्ममा प्रदीप दलित युवकको भूमिकामा छन् । दमाहा बजाउने दमाई पात्रमा उनले अभिनय गरेका छन् । केही दिनअघि सार्वजनिक उनको लुक्स चर्चामा छ ।

Results : 2503 - 2508 of 23496