Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2497 - 2502 of 24086
फिल्मीखबर, काठमाडौं, 2024-08-18, आईतवार

जौन योञ्जनको निर्देशनमा बनेको फिल्म ‘आँखा’ दशैं छेको पारेर आगामी असोज ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । यसअघि असार १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भए पनि पछि स्थगित भएको थियो । नयाँ प्रदर्शन मिति घोषणासँगै फिल्मको एक पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा मुख्य अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-08-17, शनिवार

तीजको विदा पारेर आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को टिजर र शीर्ष गीत सार्वजनिक भएपछि चर्चा चुलिएको छ । विदेशमा समेत फिल्मको माग बढेको छ । यसैबीच, मध्यपूर्व र मलेसियामा फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको छ । साथीभाई इन्टरटेनमेन्टले मध्यपूर्वी र मलेसियाको अधिकार खरिद गरेको निर्देशक सुदर्शन थापाले जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, 2024-08-17, शनिवार

फिल्म चलाउन नेपाली निर्माताहरुले अक्सर विभिन्न उपहार योजना घोषणा गर्दै दर्शकलाई लोभको ‘ललिपप’ देखाउने गरेका छन् । कसैले मोबाइल उपहार त कसैले नगद पुरस्कार घोषणा गरेका हुन्छन् । तर, आजसम्म उपहारकै लागि फिल्म हेर्न दर्शकको मेला लागेको छैन । एक फिल्मका निर्माताले त ‘सुन उपहार दिन्छु’ भनेर घोषणा गर्दा पनि दर्शक गएनन् । त्यो फिल्म हो, ‘नम्बरी सुन’ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-16, शुक्रवार

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको रोमकोम जनराको फिल्म ‘वर एन्ड वधु’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ । अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्यबीचको प्रेम र धोकाको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ । ट्रेलरमा एक्सन पनि छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-16, शुक्रवार

आगामी असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन् । यी दुई गीतले एकखालको चर्चा पाइरहँदा शुक्रबार तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बिहे घरको रमाइलोलाई देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-16, शुक्रवार

आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट २१ सेकेण्ड लम्बाईको टिजरमा अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् । विराजको ‘भ्वाइस ओभर’बाट सुरु भएको टिजरमा समीरलाई योद्धाको रुपमा चित्रित गरिएको छ ।

Results : 2497 - 2502 of 24086