Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2491 - 2496 of 23498
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ७, बुधवार

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’ यही शुक्रबार (चैत ९ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । एकातिर ‘ब्रान्ड भ्यालु’ र अर्कोतिर बलियो ‘स्टारकास्ट’ भएकाले फिल्मले यस वर्षकै उच्च कमाई गर्ने प्रक्षेपण गरिएको छ । मंगलबारबाट मल्टीप्लेक्सहरुमा फिल्मको बुकिङ समेत खुलिसकेको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित प्रायःमा फिल्मले उच्च शोज पाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ६, मंगलवार

अभिनेता विराज भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘१२ गाउँ’को तयारीमा छन् । फिल्मलाई उनी आफैंले निर्देशन गर्दैछन् । ठूलो ‘स्केल’मा निर्माण हुन लागेको फिल्ममा उनले एक्सनलाई विशेष प्राथमिकता दिँदैछन् । यसैले उनले द्वन्द्व निर्देशक समेत भारतबाट झिकाएका छन् । कयैन् तमिल फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई विराजले फिल्ममा अनुबन्ध गरेका हुन् ।

एजेन्सी, काठमाडौं, २०८० चैत्र ६, मंगलवार

बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मान्ने गरिन्छ । तर, वर्षमा एकाध फिल्मले मात्र यो बेन्चमार्क पार गर्छन् । त्यो पनि ठूला स्टारका फिल्मले । बलिउडमा सबैभन्दा बढी सय करोड फिल्म दिने अभिनेतामा सलमान खान पर्छन् । उनको १७ वटा फिल्मले यो आँकडा नघाएको छ । दोस्रो स्थानमा अभिनेता अक्षय कुमार छन्, जसको १६ वटा फिल्मले सय करोड कमाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ६, मंगलवार

अभिनयमा पारंगत मानिएका अभिनेता हरिवंश आचार्यले आफ्नो ५० वर्ष लामो करिअरमा विभिन्न चरित्र निर्वाह गरेका छन् । चाहे सकारात्मक होस् वा नकारात्मक, उनले निभाउने चरित्रमा समाज र देशको छायाँ भेटिन्छ । गत वर्ष फिल्म ‘महापुरुष’मा आदर्श पात्र भएर काम गरेका उनी यही चैत ९ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘महाजात्रा’मा भ्रष्ट नेताको भूमिकामा छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ६, मंगलवार

सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट घोषित भएका छन् । सोमबार महोत्सवको समापन समारोहमा विपिनले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने फिल्म ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट फिल्म पनि ‘बुलाकी’ बन्न सफल भएको छ । र, यही फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड पनि प्राप्त गरे ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ५, सोमवार

नेपालमा बनेका सिक्वेलमध्ये अर्थपूर्ण मानिन्छ, ‘जात्रा’ श्रृंखला । यसको दोस्रो सिक्वेलमा कथा र पात्र दुवैले निरन्तरता पाएका थिए । र, कथालाई न्याय गर्न सफल थियो । अब तेस्रो सिक्वेल ‘महाजात्रा’ यही चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित थिए । तेस्रो सिक्वेलमा पनि पैसा त छ तर राष्ट्रिय मुद्धालाई पनि उठाउन खोजिएको ट्रेलरले प्रष्ट संकेत गर्छ ।

Results : 2491 - 2496 of 23498