Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2485 - 2490 of 23498
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ८, बिहिवार

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा आधारित भएर बनेको फिल्म ‘मोदीबेनी’को ३१औं दिनमा सम्पूर्ण छायांकन सकिएको छ । बुधबार बिहान पर्वत जिल्लाको फलेवासमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता प्रवीण खतिवडाले अन्तिम सट दिएसँगै फिल्म प्याकअप भएको हो । फिल्मको दुई चरणमा छायांकन गरिएको थियो । पहिलो चरणको छायांकन काभ्रेको भकुन्डेमा भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ८, बिहिवार

आगामी बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको कथा, यता न उता’ बोलको गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत तथा सुलक्षण भारतीको शब्द रचना छ । गीतमा अभिनेत्री केकी अधिकारी नवविवाहित दुलहीको रुपमा देखिएकी छन् । गीतले उनको खुसी र पीडा भाव बोलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ८, बिहिवार

‘छक्का पञ्जा’ समूहबाट अलग भएपछि हाँस्य अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरे । उनलाई यो फिल्मबाट ठूलो अपेक्षा थियो । तर, नतिजा सुखद् आएन । यद्यपि, उनले आफूलाई गम्भीर भूमिकामा केही हदसम्म प्रमाणित गरे । यसपछि ‘मुन्द्रेको कमेडी क्लब’ चलाउँदै आएका उनले केही हप्ताअघि यो शो बन्द गरिसकेका छन् । अब उनी फिल्ममा केन्द्रित हुँँदैछन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ७, बुधवार

गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’ले ठूलो उतारचढावको सामना गर्‍यो । रिलिजको हतारोले फिल्ममा केही प्राविधिक कमजोरी देखिएको थियो । कथावाचनमा पनि समस्या थियो । जसले गर्दा समीक्षा सुखद् मिल्न सकेन । त्यसले फिल्मको सुरुवाती व्यापारमा ठूलो असर गर्‍यो । तर, दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त हुँदा फिल्मको व्यापार सुध्रिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ७, बुधवार

विवाहपछि अभिनेत्रीको फिल्म करिअर संकटमा पर्छ भन्ने भाष्यलाई वर्षा राउतले गलत सावित गरेकी छन् । बिहेपछि पनि उनको करिअर सुखद् देखिएको छ । फिल्म हिट होस् वा फ्लप, उनी कामविहीन हुनुपरेको छैन । यतिबेला उनलाई राम्रै चटारो देखिन्छ । एकातिर सर्लाहीमा फिल्म ‘मेयर’को छायांकन चलिरहेको छ भने अर्कोतिर चैत ९ गतेबाट फिल्म ‘महाजात्रा’ प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ७, बुधवार

निर्माण अगावैदेखि ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म ‘पूजार सार्की’को छायांकन सकिएको छ । ४८औँ दिनमा मंगलबार ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा भाकाको गीत खिच्दै फिल्म ‘प्याकअप’ भएको हो । गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूले मगर समुदायको मौलिक पहिरनमा नृत्य गरेका छन् ।

Results : 2485 - 2490 of 23498