Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2485 - 2490 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-09-27, शुक्रवार

बिना ठूलो ‘स्टारकास्ट’ र सानो बजेटमा निर्माण भएका दुई फिल्म ‘सानो संसार’ र ‘आँखा’ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका छन् । दशैंलाई लक्षित गरेर यी दुई फिल्म शुक्रबारबाट व्यावसायिक प्रदर्शनमा आएका हुन् । दुवै फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएका छन् । एड्भान्स बुकिङ पनि कमजोर देखिन्छ । यो अवस्थामा यी दुवै फिल्मलाई ‘वर्ड अफ माउथ’ले मात्र बचाउन सक्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-26, बिहिवार

आगामी मंसिर ७ गते फिल्म रिलिजको चाप देखिने भएको छ । यो मितिमा ‘तेल भिसा’, ‘अग्निदहन’ र ‘देव वाणी’ प्रदर्शनमा आउने निश्चित भैसकेको अवस्थामा अब अर्को फिल्म पनि थपिएको छ । अभिनेत्री ऋचा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘सारंग’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-09-26, बिहिवार

सुपरस्टार राजेश हमाल ७ वर्षपछि फिल्मको छायांकनमा फर्किएका छन् । उनको मुख्य भूमिका रहने फिल्म ‘नरसिंहा अवतार’को बालाजुस्थित एनएफडिसी स्टुडियो (नेपाल चलचित्र विकास कम्पनी)मा बिहीबार बिहान मुहूर्त गरेसँगै छायांकन सुरु गरिएको हो । फिल्मका लागि पहिलो सट अभिनेता हमाल र अर्जुन श्रेष्ठले दिए । शुक्रबारबाट हमालको एक्सन सिन खिचिने जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-26, बिहिवार

अभिनेता नाजिर हुसेनले पहिलोपटक पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’को रिलिज स्थगित भएको छ । आगामी कात्तिक ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा केही विषय कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । चाँडै एउटा ठूलो खबरसहित नयाँ प्रदर्शन मिति घोषणा गरिने उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-26, बिहिवार

मध्यम वर्गीय परिवारको कथामा बनेको फिल्म ‘सानो संसार’ यही शुक्रबार (असोज ११ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको थियो, जहाँ उपस्थित अतिथिहरुले फिल्मको कथावस्तुदेखि कलाकारहरुको अभिनयको खुलेर प्रशंसा गरे । फिल्मले हँसाउने र रुवाउने दुवै गराएको प्रायःको प्रतिक्रिया थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-09-26, बिहिवार

निर्माणको तयारीमा रहेको फिल्म ‘जेरी अन टप’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । अभिनेता अनमोल केसी, अभिनेत्री द्वय आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा अनुबन्धित भइसकेको फिल्ममा अब अर्की अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । बुधबार निर्माण कम्पनी ‘अनन्या फिल्मस्’को तर्फबाट निर्माता सरोज न्यौपाने र अभिनेत्री पन्तबीच सम्झौता भएको हो ।

Results : 2485 - 2490 of 24232
Most Visited News (monthly)