मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2479 - 2484 of 22612
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ४, सोमवार

भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’लाई लिएर यदि कसैको सबैभन्दा ठूलो आशा छ भने त्यो सलोन बस्नेत र केकी अधिकारीलाई छ । यो फिल्म व्यावसायिक रुपमा सफल भैदिए दुवैको करिअरले नयाँ काँचुली फेर्नेछ । फिल्म नै उनीहरुले निर्वाह गरेको चरित्रमा केन्द्रित छ । त्यसैले प्रचारमा दुवै गजबले खटिरहेका छन् । फिल्ममा उनीहरु जोडीको रुपमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ३, आईतवार

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको गुत्थी अझै सुल्झिन सकेको छैन । प्रहरीले अनुसन्धान भैरहेको दाबी गरिरहेको भए पनि उपलब्धि शून्य छ । प्रायः सेलिब्रेटीहरुले सारुकलाई आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने आशंका गरेका छन् । यसैले सारुकको निधनपछि केही दिन गम्भीर अनुसन्धान गर्नुपर्ने चर्को माग उठ्यो । तर, अहिले सबै ‘तैं चुप, मैं चुप’को अवस्थामा छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ३, आईतवार

नेपाली फिल्मका लागि यस वर्षको भदौ महिनालाई विशेष रुपमा हेरिएको छ । गत बैशाखमा ‘जारी’ र असारमा ‘बगान’बाहेक कुनै फिल्मले अपेक्षाकृत व्यापार नगरेकाले यो महिनामा सम्भावना बोकेका केही फिल्म प्रदर्शन हुँदैछन् । तर, भदौ महिनाको सुरुवात भने निराशाजनक देखिएको छ । भदौ १ गते प्रदर्शनमा उत्रिएका दुई फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ले हलमा घुँडा टेकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र ३, आईतवार

किशोरावस्थामै फिल्म निर्माणमा होमिएकी हुन्, कृषा चौलागाईं । पहिलो फिल्म ‘इन्साफ’को सेटमा उनले १५औं जन्मदिनको केक काटेकी थिइन् । यसपछि उनले ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु ?’ र ‘पलाँस’ फिल्म निर्माण गरिन् । फिल्म निर्माणमा १५ वर्षको अनुभवपछि कृषाले भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशकको परिचय थपेकी छन् ।

एजेन्सी, मुम्बई, २०८० भाद्र २, शनिवार

सन् २००१ मा प्रदर्शनमा आएको फिल्म ‘गदर’ले भारतमा मात्रै ७६ करोडमाथिको कलेक्सन गरेको थियो । त्यसबेलाको ब्लकबस्टर सावित भएको यो फिल्मको सिक्वेलले पनि यतिबेला भारतीय बक्स अफिसमा तुफान ल्याएको छ । ४० करोडको सानदार ओपनिङ गरेको फिल्मले प्रदर्शनको ८ दिनमै भारतमा ३ सय करोडको आँकडा नघाएको छ । योसँगै फिल्म ब्लकबस्टर सावित भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २, शनिवार

भेट दुई कारणले हुने गर्छ, संयोग र योजनाबद्ध । योजनाबद्ध भेट कुनै उद्देश्यका लागि हुन्छ । संयोगमा भएको भेट स्मरणीय बन्छ । यस्तै संयोगपूर्ण भेट भएको छ, अभिनेत्री बन्ने तरखरमा रहेकी मोडल नीति शाहको बलिउड सुपरस्टार गोविन्दासँग । त्यो पनि ट्राफिक जाममा । त्यो पनि नेपालमा होइन, स्वप्न नगरी भारतको मुम्बईमा । दुवैले ट्राफिक जाममै ‘कार टू कार’ संवाद समेत गरे ।

Results : 2479 - 2484 of 22612