
दशैं/तिहारपछि नेपाली फिल्मको व्यापार सुस्ताएको थियो । केही फिल्मको व्यापार सुखद् देखिए पनि बक्स अफिसलाई पूर्ण रुपमा चलायमान बनाउन सकेका थिएनन् । यसैले फिल्म क्षेत्रकै अपेक्षा र आशा ‘महाजात्रा’मा थियो । त्यो अपेक्षामा फिल्म खरो उत्रिएको छ । फागु पूर्णिमा (होली)को अवसर पारेर शुक्रबारबाट प्रदर्शन भएको फिल्मले व्यापारमा आफ्नो बलियो स्टारडम देखाएको छ ।

गत असोजमा फिल्म ‘रावायण’लाई लिएर ठूलो विवाद उत्पन्न भयो । छायांकनमा निस्कने बेला अभिनेता अनमोल केसीले फिल्ममा काम नगर्ने निर्णय लिएपछि उनीविरुद्ध निर्देशक सुदर्शन थापाले प्रहरीमा आपराधिक विश्वासघात मुद्धामा उजुरी दिए । र, अनमोल पक्राउ परे । त्यसपछि फिल्मको निर्माण नै अन्योलमा थियो । अब सुदर्शनले ‘स्टारकास्ट’ हेरफेर गर्दै फिल्म बनाउने भएका छन् ।

अभिनेता दयाहाङ राईको नाट्यकर्मको एउटा पानीढलो मानिन्छ, ‘डिग्री माइला’ । यसले नाटक निर्देशनमा उनलाई नयाँ पहिचान दिलाएको थियो । २०६९ सालमा पहिलोपटक मण्डला थिएटरमा यो नाटक मञ्चन गरिएको थियो । २०७१ सालमा पुनः मञ्चन भयो । अब यही नाटकको आइडिया र नाममा फिल्म निर्माण भएको छ । फिल्मको निर्देशक भने ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङ हुन् ।

होलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । बिहानी शोजमा ८० प्रतिशत अकुपेन्सी देखिएको फिल्मले दिउँसोबाट देशभरका हलमा दर्शकको चाप बढाएको थियो । मल्टीप्लेक्स तथा सिंगल थिएटर दुवैमा दिवा र रात्रिकालिन शोज अधिकांश हाउसफुल भए । फिल्मको एड्भान्स बुकिङभन्दा काउन्टरबाट बढी टिकट बिक्री भएको छ ।

आगामी नयाँ वर्ष अर्थात् चैत ३० गतेदेखि प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरमा एमए पास गरेर गाउँ फर्किएको माइला पात्र (दयाहाङ राई)को अहंकार र त्यसले उत्पन्न परिस्थितिलाई देखाइएको छ । दयाहाङका केही पञ्चलाइन रोचक छन् ।

बाबु साहेव बलामीको निर्देशनमा फिल्म ‘साम्राज्य’ निर्माण हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच कलाकारको लाइनअप सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो । फिल्ममा प्रशान्त ताम्राकार, कुन्दन भारद्वाज, अनुजा लेप्चा र देव सिंहको भूमिका रहनेछ । कुन्दनलाई लिएर यसअघि निर्देशक बलामीले फिल्म ‘देव वाणी’ बनाइसकेका छन्, जुन प्रदर्शनको पखाईमा छ ।

