
बलिउड अभिनेता तथा शिवसेनाका नेता गोविन्दा घुँडामा गोली लागेर घाइते भएका छन् । मंगलबार आफ्नो लाइसेन्स प्राप्त पेस्तोल सफा गर्ने क्रममा ‘मिसफायर’ भएर उनको घुँडामा गोली लागेको भारतीय मिडियाहरुले जनाएका छन् । गोली लागे लगत्तै उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको घुँडाबाट गोली निकालिसकिएको छ । र, यतिबेला गोविन्दालाई आइसियूमा राखिएको छ ।

यतिबेला कुनै फिल्मको ठूलो प्रतिक्षा भैरहेको छ भने त्यो ‘बेहुली फ्रम मेघौली’को हो । प्रचार शैली र ‘छड्के सलाम’ गीतका कारण चर्चामा रहेको फिल्ममा ‘स्टारकास्ट’ पनि बलियो भएकाले सुखद् ओपनिङको प्रक्षेपण गरिएको छ । यही बिहीबार घटस्थापनाबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको सोमबार साँझबाट प्रायः मल्टीप्लेक्सहरुमा एड्भान्स बुकिङ खुल्ला भैसकेको छ ।

ब्लकबस्टर फ्रेन्चाइज ‘कबड्डी’को पहिलो र दोस्रो श्रृंखलामा मैयाँको भूमिकामा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङ पछिल्लो पटक ‘कबड्डी ३’को क्लाइमेक्समा झुल्किएकी थिइन् । उनको डेढ मिनेट जति सिन थियो । खासमा उनलाई ‘कबड्डी ४’मा दोहोर्याउने उद्देश्यले लिइएको थियो । तर, ‘कबड्डी ४’बाट उनलाई अफरै गरिएन । जसले गर्दा उनले निकै चित्त दुखाएकी थिइन् ।

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण कम्पनी सेभेन सिज सिनेमाजले भिडियो प्रतियोगिताको घोषणा गरेको छ । ‘मेरो बाको संघर्ष’ नाम दिइएको प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो बुबाको संघर्ष र महत्त्वबारे ३ मिनेटसम्मको भिडियो बनाउनुपर्नेछ । जसमध्ये उत्कृष्ट तीन जनाले नगद पुरस्कार जित्नेछन् ।

२०७८ सालमा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री तथा भिजे सन्ध्या केसी आमा बन्ने भएकी छन् । उनले केही दिनअघि इन्स्टाग्राम एकाउन्टमा ‘ब्ल्याक वान पिस’मा बेबी बम्पसहितको एक भिडियो सेअर गर्दै आफू आमा बन्न लागेको लागेको जानकारी गराएकी हुन् । अहिले उनको गर्भमा ६ महिनाको बच्चा हुर्किरहेको छ । उनले आगामी जनवरी (पुष)मा पहिलो सन्तानलाई जन्म दिनेछिन् ।

एउटा कलाकारको करिअरमा फिल्मको व्यापारले ठूलो अर्थ राख्छ । चल्तीका कलाकार भए त झन् फिल्मको सफलता अपरिहार्य नै मानिन्छ । किनकि, फिल्मको सफलताकै आधारमा उनीहरुको करिअर टिकेको हुन्छ । एउटा फिल्म मात्र पनि बक्स अफिसमा असफल भइदिए ठूलो समस्या उत्पन्न हुन्छ । श्रृंखलाबद्ध रुपमा फिल्म असफल हुँदा संकटमा पुगेका कयौं नेपाली कलाकार छन् ।

