Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2467 - 2472 of 24086
फिल्मीखबर, काठमाडौं, 2024-08-26, सोमवार

लामो समयदेखि सामाजिक कथाको बाढी देखिएको नेपाली फिल्ममा फेरि एक्सनको लहर सुरु हुन थालेको छ । यतिबेला एकपछि अर्को एक्सन फिल्म निर्माण र प्रदर्शन भइरहेका छन् । अब एक्सन कथामा अर्को फिल्म ‘हन्टर’ बन्ने भएको छ । अभिनेता अरुण क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर यो फिल्म बन्न लागेको हो । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, 2024-08-25, आईतवार

अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ आगामी कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । आइतबार प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । जसमा सौगात लडाकुको पोसाकमा चित्रित छन् । पृष्ठभूमिमा बन्दुक बोकेका सैनिकहरू देखिन्छन् । फिल्मले द्वन्द्वकालीन समयको कथा भनेको पोस्टरले संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-25, आईतवार

निर्माता अर्जुन कुमारले आफ्नो आगामी फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरेका छन् । यसअघि असोज १७ गते अर्थात् घटस्थापनामा आउने भनिएको फिल्म अब एक हप्ता अगाडि नै हलमा लाग्नेछ । आइतबार एउटा पोस्टरमार्फत् आगामी असोज ११ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । अब घटस्थापनाको अर्को फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रतिस्पर्धीविहीन बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-08-25, आईतवार

यही भदौ ४ गते हास्य अभिनेता दीपकराज गिरीले आफ्नो फेसबुक एकाउन्टमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलासँगको एक तस्वीर सेअर गर्दै लेखेका थिए, ‘हाम्रो ध्यान कहाँ छ ? असोज २४ तिर मात्रै ।’ उनले असोज २४ भनेर आफ्नो समूहको नयाँ फिल्म ‘छक्का पञ्जा ५’को रिलिजबारे जानकारी गराएका हुन् । अरु बेलामा जस्तो उनको यो स्टाटसले कसैप्रति पनि कटाक्ष गरेको छैन ।

Results : 2467 - 2472 of 24086