Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2461 - 2466 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-10-02, बुधवार

दशैंको फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’को प्रचारका लागि अहिलेसम्म कोही कलाकार मिडियामा आएका छैनन् । र, यसको आवश्यकता पनि देखिँदैन । मिडियामा आएर कलाकार वा निर्माता/निर्देशकले फिल्मको बारेमा बोल्नु भनेको धेरै दर्शकमाझ जानकारी पुग्नु हो । तर, ‘१२ गाउँ’को पोस्टरदेखि ट्रेलरसम्मले त्योभन्दा ठूलो काम गरिरहेको छ । अरु के चाहियो ?

फिल्मीखबर, काठमाडौं, 2024-10-02, बुधवार

दुई फिल्म ‘कालो पोथी’ र ‘शाम्बाला’बाट विश्व मानचित्रमा नेपाल र नेपाली फिल्मलाई चिनाउन ठूलो भूमिका खेलेका निर्देशक मीन भाम अब राजनीतिमा पनि सक्रिय हुने भएका छन् । त्यसो त उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन् । अब सदन पस्ने उनको तयारी छ । त्यसका लागि २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ नै चुनाव लड्न उनी तम्तयार छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-02, बुधवार

दशैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को ‘कसम बत्ती’को गीत अहिले चर्चामा छ । युट्युबमा १८ लाख बढीले हेरिसकेको यो गीत टिकटकमा पनि भाइरल बनेको छ । गीतले राम्रो ‘हाइप’ बनाउँदै गर्दा बुधबार निर्माण टिमले फिल्मका प्रमुख अभिनेता जितु नेपालको एउटा ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेको छ, जसमा उनलाई बुढ्यौली ‘गेटअप’मा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-01, मंगलवार

फिल्म निर्देशनमा निश्चल बस्नेतको गर्विलो छवि छ । ‘लुट’बाट नेपाली फिल्मको ‘धार’ नै परिवर्तन गरेका उनलाई निर्देशकको रुपमा मात्र चिन्दा भने अन्याय हुन सक्छ । उनी निर्माता पनि हुन् । हिरो हुन् । गायक हुन् । म्यूजिक भिडियोमा मोडल पनि बनेका छन् । यसरी हेर्दा निश्चलको परिचयको आयाम फराकिलो छ । यिनै विविध विधाले युवापुस्तामा उनको निकै राम्रो क्रेज निर्माण गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-01, मंगलवार

यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत् सार्वजनिक ३ मिनेट १४ सेकेण्ड लम्बाईको ट्रेलर एक्सनले भरिएको छ । विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका समीर भट्ट (विराजका छोरा) दुवै एक्सन अवतारमा प्रस्तुत छन् । ट्रेलरमा प्रेम र पीडाको पनि समिश्रण छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-01, मंगलवार

शुक्रबार र शनिबार परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्म ‘सानो संसार’का निर्माताले प्रदर्शनको दुई दिनमै रिलिज स्थगित गरेका थिए । अब आगामी कात्तिक ९ गते फिल्मलाई पुनः प्रदर्शन गरिने भएको छ । निर्माण कम्पनी प्रिन्सेस मुभिजले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो । कात्तिक ९ गते अन्य कुनै नेपाली फिल्म छैनन् ।

Results : 2461 - 2466 of 24232
Most Visited News (monthly)