Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2455 - 2460 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-10-03, बिहिवार

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर बिहीबार सार्वजनिक ‘मैझारो’ बोलको गीतले प्रेमपीडा बोल्छ । गीतमा शब्द रचना, संगीत र स्वर प्रशान्त सिवाकोटीको छ । फिल्मको यसअघि सार्वजनिक दुई गीत ‘दाहिने हातैमा’ र ‘काँधेकुरी’लाई पनि उनले तयार पारेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-03, बिहिवार

जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार वर्षात हुनसक्ने सम्भावना देखिएको जनाएपछि फिल्म ‘बेहुली फ्रम मेघौली’को ओपनिङ प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । पूर्वी जिल्लामा बिहीबार बिहान सामान्य वर्षा भए पनि काठमाडौंको मौसम सफा नै रह्यो । जसले गर्दा फिल्मको ओपनिङ प्रभावित हुन पाएन । र, फिल्मले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-03, बिहिवार

दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर फिल्म बनेको ट्रेलरले प्रष्ट्याउँछ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-03, बिहिवार

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को घटस्थापनाको साइत पारेर ‘फाइनल’ स्क्रिप्ट पूजा गरिएको छ । बिहीबार काठमाडौंको कमलादीस्थित प्रसिद्ध गणेशस्थान मन्दिरमा नम्रता र सलोनसहित निर्देशक सुरेश न्यौपाने लगायतले स्क्रिप्ट पूजा गरे । आगामी कात्तिक ५ गतेबाट छायांकन सुरु गर्न लागिएको यो फिल्मबाट पूर्वमिस नेपाल नम्रता श्रेष्ठले अभिनयमा डेब्यु गर्दैछिन् ।

फिल्मीखबर, काठमाडौं, 2024-10-03, बिहिवार

दशैंको घटस्थापनाको अवसर पारेर बिहीबारबाट निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरु गरेको छ । फिल्म एकल प्रदर्शनमा आएको हो । पछिल्लो समय नेपाली फिल्मलाई यो दुर्लभ अवसर मानिन्छ । यद्यपि, भोलि शुक्रबारबाट यो फिल्मले हलिउडको ‘जोकर : फोली ए ड्युक्स’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-02, बुधवार

भोलि बिहीबार अर्थात् दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले एउटा ‘रेकर्ड’ बनाएको छ । यो फिल्मले नेपाली फिल्मको इतिहासमै सबैभन्दा बढी शोज पाएको वितरक कम्पनी डिसिएनले जनाएको छ । फिल्मले देशभरका सिंगल र मल्टीप्लेक्स हलमा गरी कूल ३ सय ४० शोज प्राप्त गरेको डिसिएनका डिस्ट्रीब्यूसन चिफ दीपक दंगालले जानकारी दिए ।

Results : 2455 - 2460 of 24232
Most Visited News (monthly)