Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2449 - 2454 of 24232
फिल्मीखबर, काठमाडौं, 2024-10-05, शनिवार

‘छक्का पञ्जा’ फ्रेन्चाइजको पाँचौं श्रृंखला यही बिहीबार फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ । ‘बिहे भाको छैन’ र ‘ब्रेकअप’ गीतले फिल्मको राम्रो ‘हाइप’ निर्माण गर्दा ट्रेलर भने प्रदर्शनको ५ दिनअघि सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ट्रेलर हेर्दा फिल्मले सरकारी कार्यालयमा व्याप्त भ्रष्टाचारको कथा उठाएको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-05, शनिवार

नेपाली फिल्मको ‘स्वर्णिम युग’ हाँक्ने निर्देशक हुन्, तुलसी घिमिरे । उनको उदयपछि नेपाली फिल्मले व्यावसायिक छलाङ मारेको हो । ‘बलिदान’, ‘दर्पण छाँया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता एकसेएक ब्लकबस्टर र यादगार फिल्म दिएका उनले पछिल्लो पटक सन् २०१७ मा फिल्म ‘कुसुमे रूमाल २’ निर्देशन गरेका थिए । यो फिल्म प्रदर्शनमा आएको पनि ७ वर्ष बढी भइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-04, शुक्रवार

घटस्थापनाको विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले घरेलु बक्स अफिसमा उत्साहप्रद ओपनिङ गरेको छ । नेपाली फिल्मको इतिहासमै सर्वाधिक सोज (३४०) पाएको फिल्मले पहिलो दिन ८० लाखको ओपनिङ गरेको वितरक कम्पनी डिसिएनले जनाएको छ । बिहीबार देशका प्रायः सहरहरूमा फिल्मले बिहानदेखि नै उच्च अकुपेन्सी कायम गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-10-04, शुक्रवार

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’ले फरक शैलीमा प्रचार अभियान सुरु गर्ने भएको छ । अहिलेको चर्चित रियालिटी शो ‘कमेडी दरबार’सँग सहकार्य गरेर राष्ट्रिय स्तरको प्रचारात्मक टूर गर्न लागिएको हो । यो कार्यक्रम काठमाडौं उपत्यकाबाहिरका ६ वटा सहरहरु इटहरी, नारायणगढ, बुटवल, नेपालगञ्ज, दाङ र पोखरामा गरिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-04, शुक्रवार

नेपाली फिल्ममा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन फिल्मकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । अहिले नेपालमा एक्सनलाई नै ‘रिक्स’ जनरा मानिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-10-04, शुक्रवार

छठ पर्वको विदा पारेर आगामी कात्तिक २२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा रोशा फुयाँल, भरत अधिकारी, प्रशान्त सिवाकोटी र टीकाराम श्रेष्ठको गायन तथा विषम आचार्यको म्यूजिक एरेञ्ज छ । रोमान्टिक भावको गीतमा पात्रहरुबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

Results : 2449 - 2454 of 24232
Most Visited News (monthly)